+
+
Shares

प्रधानमन्त्री कार्यालय र गृह मन्त्रालयको फोहोर तत्काल सफा गर्न मन्त्री घिसिङको निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ३१ गते १८:४६

३१ भदौ, काठमाडौं । ऊर्जा, भौतिक पूर्वाधार तथा शहरी विकासमन्त्री कुलमान घिसिङले जेनजी प्रर्दशनकारीहरूले लगाएको आगजनीबाट खण्डहर बनेको प्रधानमन्त्री कार्यालयको फोहोर तत्काल हटाउन मातहतका निकायलाई निर्देशन दिएका छन् ।

मंगलबार अपरान्ह सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय र गृह मन्त्रालयको क्षतिग्रस्त संरचनाहरूको अवलोकन गर्ने क्रममा उनले मातहतका निकायलाई तत्काल त्यहाँको फोहोर व्यवस्थापन गर्न मातहतका निकायलाई निर्देशन दिएका हुन् ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मा, शहरी विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलसहित मन्त्री घिसिङ अवलोकनमा पुगेका थिए ।

सो क्रममा घिसिङले फोहोर सफा गर्ने र काम लाग्ने कोठाहरू रङ रोगन गरी सञ्चालनमा ल्याउने व्यवस्था तत्काल मिलाउन पनि सचेत गराए ।

त्यहाँ जलेर काम नलाग्ने अवस्थामा पुगेका सवारी साधनहरू पनि उचित ठाउँमा व्यवस्थापन गर्न ढिला नगर्न समेत भने ।

‘यो फोहोर जति सबै सफा गरेर फालिदिउँ । जहाँ जहाँ काम हुँदैन, त्यहाँ छोपिदिउँ,’ मन्त्री घिसिङले भने, ‘रङ रोगन गरेर चलाइदिऔं । यसलाई उठाएर लैजाने काम गरौं ।’

त्यस क्रममा मन्त्री घिसिङलाई शहरी विकास मन्त्रालयका सचिव सिग्देल र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव शर्माले सिंहदरबार भित्रको फोहोर व्यवस्थापनको काम शुरु गरिएको र छिट्टै सम्पन्न गर्ने प्रतिबद्धता पनि जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?