
३ असोज, काठमाडौं । नेकपा एमालेले संविधान दिवसको अवसरमा केन्द्रीय कार्यालय च्यासलमा आयोजना गरेको कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएका छन् ।
कार्यक्रममा ओलीका लागि आसन छैन । महासचिव शंकर पोख्रेलले सञ्चालन गरेको कार्यक्रमको अध्यक्षता उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले गरेकी छन् भने प्रमुख वक्ता बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल छन् ।
जेनजी युवा आन्दोलनपछि सरकारको नेतृत्व छाड्न बाध्य भएका ओली औपचारिक कार्यक्रममा अझै सार्वजनिक भएका छैनन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4