+
+
Shares

क्षतिग्रस्त प्रहरी चौकी पुननिर्माण गर्न दीपकराज गिरीले प्रदान गरे आर्थिक सहयोग

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ४ गते १८:१६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अभिनेता दीपकराज गिरीले जेनजी आन्दोलनको क्रममा क्षतिग्रस्त प्रहरी वृत्त थानकोटको पुननिर्माणका लागि ५ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरे।
  • गतसाता भएको आगजानी र तोडफोडमा प्रहरी कार्यालयमा ७ करोड रुपैयाँ बराबरको क्षति पुगेको प्रारम्भिक अनुमान छ।
  • दीपकले प्रहरीको मनोबल बढाउन सहयोग गरेको बताए र अमेरिकामा ‘छक्कापञ्जा टूर’मा सहभागी हुने तयारी गरिरहेका छन्।

काठमाडौं । अभिनेता तथा फिल्म निर्माता दीपकराज गिरीले जेनजी आन्दोलनको क्रममा क्षतिग्रस्त प्रहरी चौकीको पुननिर्माणको लागि आर्थिक सहयोग प्रदान गरेका छन् ।

आफ्नो जन्मथलो काठमाडौंको थानकोट चेकपोस्टस्थित प्रहरी वृत्त थानकोट पुगेर उनले ५ लाख रुपैयाँ प्रदान गरे । डीएसपी एलिजा गिरीलाई दीपकले सहायता प्रदान गरे ।

गतसाता आयोजित जेनजी आन्दोलनको क्रममा उक्त प्रहरी कार्यालयमा समेत आगजानी र तोडफोड भएको थियो ।

आगजानीमा कार्यालयमा रहेका करोडौं मूल्य पर्ने प्रविधि र सञ्चारका उपकरण, पोशाक तथा महत्वपूर्ण संरचनामा क्षति पुगेको छ । कार्यालयको नयाँ भवनबाट ५ महिना अघिदेखि कामकाज सुरु भएको थियो ।

आगजानी र तोडफोडमा कार्यालयमा ७ करोडको क्षति पुगेको प्रारम्भिक अनुमान छ ।

‘यस्तो परिस्थितीमा प्रहरीको मनोबल बढाउन मैले आर्थिक सहयोग दिएको हुँ । आफ्नो ठाउँबाट यो अभियानको सुरुवात गरेको हुँ’ गिरीले भने, ‘परिस्थितीअनुसार अन्यत्र पनि सहयोग गर्ने योजना छ ।’

कामको कुरा गर्दा, दीपक अर्को साता अमेरिकामा आयोजना हुने ‘छक्कापञ्जा टूर’मा निस्किँदैछन् । अमेरिकाबाट फर्किएपछि फिल्ममा ब्यस्त हुने उनको तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?