+

वरिष्ठ खेल पत्रकार शर्माको निधनप्रति मञ्चको श्रद्धाञ्जली

२०८२ असोज  ५ गते १४:३६ २०८२ असोज ५ गते १४:३६
वरिष्ठ खेल पत्रकार शर्माको निधनप्रति मञ्चको श्रद्धाञ्जली

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल खेलकुद पत्रकार मञ्चले वरिष्ठ खेल पत्रकार मनोरञ्जन शर्माको निधनप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ।
  • शर्माको ५३ वर्षको उमेरमा शनिबार क्यान्सरबाट भैरहवामा उपचारको क्रममा निधन भएको हो।
  • शर्माको अन्त्येष्टि आइतबार पाल्पाको रामदीमा सम्पन्न भएको छ र उनी तीन दशकदेखि खेल पत्रकारितामा सक्रिय थिए।

५ असोज, काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले मञ्‍चका पाल्पा समन्वय शाखाका संस्थापक अध्यक्ष तथा वरिष्ठ खेल पत्रकार मनोरञ्जन शर्माको निधनप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ ।

शर्माको ५३ वर्षको उमेरमा शनिबार निधन भएको थियो । क्यान्सरबाट पीडित शर्माको भैरहवामा उपचारको क्रममा निधन भएको हो।

मञ्चले शर्माप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ। शर्माको अन्त्येष्टि आइतबार पाल्पाको रामदीमा सम्पन्न भएको छ।

तीन दशकदेखि खेल पत्रकारितामा सक्रिय रहेका शर्माले एसियाली खेलकुद र सागसहित थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा समाचार संकलन गरेका थिए।

उनका श्रीमती, एक छोरा र एक छोरी छन्।

मनोरञ्जन शर्मा
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय