News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौं उपत्यकाभित्र जथाभावी यात्रु चढाउने र झार्ने सार्वजनिक सवारीलाई कारबाही गरिने यातायात व्यवस्था विभागले सूचित गरेको छ।
- विभागले तोकिएको स्थानमा मात्र सवारी रोकी यात्रु चढाउन र ओराल्न निर्देशन दिएको छ।
- बढ्दो सवारी चाप र सडक पूर्वाधार अभावले उपत्यकाको यातायात व्यवस्थापनमा समस्या देखिएको विभागले उल्लेख गरेको छ।
५ असोज, काठमाडौं । काठमाडौं उपत्यकाभित्र अब जथाभावी यात्रु चढाउने र झार्ने सार्वजनिक सवारीसाधनलाई कारबाही हुने भएको छ ।
यातायात व्यवस्था विभागले तोकिएको स्थानमा मात्र सवारीसाधन रोकी यात्रु चढाउने र ओराल्ने काम गर्न सूचित गरेको छ । जथाभावी सवारी रोकी यात्रु चढाउने र ओराल्ने काम गरेको पाइए कानुन बमोजिम कारबाही हुने विभागले जनाएको छ ।
बढ्दो सवारी चाप, अव्यवस्थित सहरीकरण तथा सडक पूर्वाधार अभावले गर्दा काठमाडौं उपत्यकाको यातायात व्यवस्थापनमा समस्या देखिएको र यो समस्या समाधान गर्न तोकिएको स्थानमा मात्र सवारी रोक्न विभागले सूचित गरेको हो ।
काठमाडौं उपत्यकामा जथाभावी सवारी रोक्ने र यात्रु चढाउने समस्या छ भने तोकिएको स्थानमा पनि यात्रु कुर्न अनावश्यक समय रोकिराख्ने समस्या सार्वजनिक यातायातमा छ । जसले गर्दा यात्रुले समयमै गन्तव्य पुग्न सक्दैनन् ।
प्रतिक्रिया 4