६ असोज, जनकपुरधाम । पर्साबाट सशस्त्र प्रहरीले १९ किलो लागूऔषध चरेस बरामद गरेको छ ।
पोखरिया नगरपालिका–७ जगतपुर गाउँस्थित बाख्रा राख्ने छाप्रोमा कालोझोला भित्र लुकाइ राखेको अवस्थामा प्रहरीले चरेस बरामद गरेको हो ।
विओपी प्रसौनी भठ्ठाबाट सहायक प्रहरी निरीक्षक चेतन बाह्रकोटीको नेतृत्वमा गएको टोलीले बरामद गरेको चरेसको १९ किलो १२६ ग्राम रहेको सशस्त्र प्रहरीले जनाएको छ ।
बरामद चरेस इलाका प्रहरी कार्यालय पोखरियामा बुझाउने तयारी गरिरहेको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4