+
+
Shares

निर्वाचनसँगै सुशासन र स्वदेशमै रोजगारी सिर्जना सरकारको प्राथमिकता : अर्थमन्त्री

अर्थमन्त्री खनालले परिवर्तित समयमा युवाको चाहना बमोजिम सुशासन र स्वदेशमा नै रोजगारी सिर्जना गर्ने विषयमा सरकार कटिबद्ध रहेको बताए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ६ गते १४:०१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अर्थमन्त्री रामेश्वर खनाल र एडीबीका देशीय निर्देशक आर्नो कोस्वाबीच नेपालमा राजनीतिक घटनाक्रमले अर्थतन्त्रमा पार्ने प्रभाव र सहयोग कार्यक्रमको निरन्तरता विषयमा छलफल भएको छ।
  • खनालले प्रतिनिधिसभा निर्वाचन तोकिएको समयमा सम्पन्न गर्ने र युवाको चाहना अनुसार सुशासन र रोजगारी सिर्जना गर्ने सरकारको प्रतिबद्धता व्यक्त गरेका छन्।
  • कोस्वाबिले आर्थिक विकासका क्षेत्रमा सरकारसँग मिलेर काम गर्न तयार रहेको बताए ।

६ असोज, काठमाडौं । अर्थमन्त्री रामेश्वर खनाल र एसियाली विकास बैंक (एडीबी) का देशीय निर्देशक आर्नो कोस्वाबीच भेटवार्ता भएको छ ।

सोमबार भएको बैठकमा निर्देशक कोस्वाले नेपालमा विकसित राजनीतिक घटनाक्रमले अर्थतन्त्रमा पार्न सक्ने प्रभाव र एडीबीको सहयोगमा सञ्चालित कार्यक्रमहरूको निरन्तरताका विषयमा अर्थमन्त्रीसँग छलफल गरेका छन् ।

छलफलमा अर्थमन्त्री खनालले वर्तमान सरकारको मुख्य कार्य जिम्मेवारी तोकिएको समयमा प्रतिनिधिसभा निर्वाचन सम्पन्न गर्नु रहेको र परिवर्तित समयमा युवाको चाहना बमोजिम सुशासन र स्वदेशमा नै रोजगारी सिर्जना गर्ने विषयमा सरकार कटिबद्ध रहेको जानकारी गराए ।

मन्त्री खनालले ऊर्जा, भौतिक पूर्वाधार¸ खानेपानी तथा विभिन्न विकास आयोजना लगायत क्षेत्रमा एडीबीले महत्त्वपूर्ण भूमिका खेलेको विषय उल्लेख गर्दै चालु आयोजनालाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।

एडीबीका देशीय निर्देशक कोस्वाले नेपालमा आर्थिक विकासका क्षेत्रमा वर्तमान सरकारसँग मिलेर काम गर्न तयार रहेको जानकारी गराए । उक्त बैठकमा अर्थ सचिव घनश्याम उपाध्याय¸ वैदेशिक सहायता समन्वय महाशाखा प्रमुख धनीराम शर्मा समेत उपस्थित थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?