६ असोज, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले सिन्धुपाल्चोकमा निर्माण भएको १ सय २ मेगावाट क्षमताको मध्य भोटेकोशी जलविद्युत् आयोजना निरीक्षण गरेका छन् ।
यो आयोजना निर्माण सम्पन्न भई अहिले व्यावसायिक रूपमा विद्युत् उत्पादनका लागि आवश्यक ७२ घण्टे परीक्षण उत्पादन सुरु भएको छ । आज परीक्षणको दोस्रो दिन हो ।
चिलिमे जलविद्युत् कम्पनीको प्रबन्ध सञ्चालक रहँदा घिसिङकै नेतृत्वमा आयोजना विस्तृत अध्ययन, विद्युत् खरिद–बिक्री सम्झौता, वित्तीय व्यवस्थापन तथा ठेक्का सम्झौता सम्पन्न गरी निर्माण चरणमा पुगेको थियो ।
आयोजनाबाट परीक्षणका क्रममा पूर्ण १ सय २ मेगावाट विद्युत् उत्पादन भई राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह भइरहेको छ । जुरेको पहिरो, भूकम्प, भोटेकोशी नदीमा आएको बाढी, कोभिड–१९ को महामारी, स्थानीय अवरोध लगायत कारण आयोजनाको निर्माण कार्यमा ढिलाइ भएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया 4