+
+
Shares

निजी क्षेत्रलाई उठाउन ‘रिफाइनान्सिङ’ आवश्यक : दीपक मल्होत्रा

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ७ गते १४:२९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्राले जेनजी आन्दोलनका कारण समस्यामा परेका उद्योगीलाई रिफाइनान्सिङको व्यवस्था मिलाउनुपर्ने बताए।
  • उनले अहिलेको समस्या भूकम्प र कोभिड–१९ को भन्दा फरक भएकाले प्राथमिकतामा राखेर हेर्न आग्रह गरे।
  • मल्होत्राले देशको पैसा र दक्ष युवा विदेश पलायन भइरहेको भन्दै सरकारले तत्काल नियन्त्रण गर्न आवश्यक रहेको बताए।

७ असोज, काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्राले जेनजी आन्दोलनका कारण समस्यामा परेका उद्योगीलाई रिफाइनान्सिङको व्यवस्था मिलाउनुपर्ने बताएका छन् ।

अहिलेको अवस्थाबाट उद्योगीलाई उठाउनको रिफाइनान्सिङ आवश्यक रहेको उनको भनाइ छ ।

उनले अहिलेको समस्या भूकम्प तथा कोभिड–१९ को भन्दा फरक भएकोले यसलाई प्राथमिकतामा राखेर हेर्न आग्रह गरे ।

सरकारले पुनरुत्थानका लागि उद्योगी व्यवसायीलाई कर्जामा सहुलियत दिन आवश्यक रहेको बताउँदै उनले अहिलेको समस्या समाधान गर्नका लागि राष्ट्र बैंकले बेस रेटमा कर्जा उपलब्ध गराउन आवश्यक रहेको बताए ।

आर्थिक पत्रकार संघले काठमाडौंमा मंगलबार आयोजना गरेको कार्यक्रममा मल्होत्राले भने, ‘मैले देखेको अहिलेको समस्या दुई प्रकारका छन् । एउटा देशमा भएको पैसा विदेश पलायन भइरहेको छ । दोस्रोमा हाम्रो काम गर्न दक्ष युवा विदेश पलायन भइरहेका छन् । यसलाई सरकारले तत्काल नियन्त्रण गर्न आवश्यक छ ।’

११ लाख युवा वैदेशिक रोजगार तथा विद्यार्थी भिसामा विदेश गएका र नेपालको जनशक्ति घट्दो अवस्थामा रहेको बताए । यसलाई रोक्न सरकारले कदम चाल्न आवश्यक रहेको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?