+
+
Shares

दुर्गा प्रसाईंको आरोप- कुलमान एमसीसी पास गराउने, जगदिश वकालत गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ७ गते १९:१४

७ असोज, काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले अन्तरिम सरकारका दुई मन्त्रीहरूमाथि गम्भीर आरोप लगाएका छन् ।

ऊर्जा, भौतिक र शहरी विकास मन्त्रालयको जिम्मेवारीमा रहेका कुलमान घिसिङ र सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदिश खरेलमाथि उनले एमसीसी पास गर्न र वकालत गर्ने विषयमा भूमिका खेलेको आरोप लगाएका हुन् ।

मंगलबार एक पत्रकार सम्मेलन आयोजना गर्दै जेनजीहरूको पछिल्लो आन्दोलनबारे आफ्नो धारणा सार्वजनिक गरेका थिए ।

सो क्रममा उनले नवनियुक्त मन्त्रीद्वय घिसिङले एमसीसी र एमसीए ल्याएको र त्यसको पक्षमा सञ्चारमन्त्री खरेल, रास्वपा उपसभापति स्वर्णिम वाग्ले लगायतले वकालत गरेको आरोप लगाए ।

‘कुलमान घिसिङलाई तपाईंहरू भगवान देख्नुहुन्छ, एमसीसी र एमसीए ल्याउने मान्छे नै कुलमान घिसिङ हो । बुझ्नुभयो । एमसीसी पास गराउने, कुलमान घिसिङ हुन् । त्यसको वकालत गर्ने जगदिश खरेल, स्वर्णिम वाग्लेहरू,’ उनको आरोप छ ।

साथै, उनले अब एससीए लागू भएर नेपालमा अमेरिक सेनाहरू आउने समेत जिकिर गरे ।

‘एमसीए भनेको चाहीँ आर्मी भित्र्याउने चाहीँ कुलमान घिसिङहरू हुन् । अब छिट्टै अमेरिकन सेनाहरू आउँदैछन् यहाँ,’ प्रसाईंले भने, ‘अनि मैले भन्थे नि, अमेरिकन सेनाले आएपछि चीनले रकेट हान्छ, अनि समाउनु हातले । मुलुकलाई युक्रेन बनाए कि बनाएनन् ? मुलुकलाई सोमालिया बनाएकी बनाएनन् ? यस्तो पवित्र भूमिलाई ।’

उनले ०४७ सालको संविधानयता देशले बाटो बिराएको र त्यहीँ फर्कनपर्ने समेत बताए । पश्चिमाहरू नेपाललाई प्रयोग गरेर भारत सक्काउने नीति लिएको उनको जिकिर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?