+
+
Shares

शिक्षामन्त्री महावीर पुन भन्छन्– टिम बनाउन व्यस्त छु, केही दिन फोन नगर्नु होला

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ८ गते ८:३८

८ असोज, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले केही दिन फोन नगर्न र म्यासेज नपठाउन अनुरोध गरेका छन् ।

आफू मन्त्रालयमा गतिलो र सिर्जनशील टिम बनाउन व्यस्त भएको भन्दै मन्त्री पुनले केही दिन फोन नगर्न र म्यासेज नपठाउन भनेका हुन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘अस्तीदेखि मोबाइलमा, मेसेन्जरमा र ह्वाट्सअपमा हजारौं कल र मेसेज आइरहेका छन् । म मन्त्रालयमा एउटा गतिलो र सिर्जनशील टीम बनाउन व्यस्त छु । त्यसैले केही दिनको लागि अनावश्यक फोन नगर्न र मेसेज नपठाउनु होला ।’

राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक पुन सोमबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री नियुक्त भएका थिए । उनको माग अनुसार उनलाई मन्त्रालयभित्रै खाने–बस्ने व्यवस्था मिलाइएको छ ।

मन्त्री पुनले आफ्नो सुत्ने ठाउँ पाँचतारे होटल जस्तो रहेको बताएका छन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?