+
+
Shares

माओवादीले केन्द्रीय कमिटी भंग गर्ने, प्रचण्डको नेतृत्वमा विशेष महाधिवेशन आयोजक समिति

विशेष महाधिवेशन आयोजक समितिको संयोजकमा प्रचण्ड रहने निश्चित भएको दाबी गर्दै उपाध्यक्ष सापकोटाले यसमा कसैको फरक मत भए केन्द्रीय कमिटीमा राख्न सकिने बताए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ८ गते १६:१०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा माओवादी केन्द्रले केन्द्रीय कमिटी विघटन गर्दै अध्यक्ष प्रचण्डको संयोजकत्वमा विशेष महाधिवेशन आयोजक समिति गठन गर्ने निर्णय गरेको छ।
  • स्थायी कमिटी बैठकले पार्टीभित्र एकता कायम गर्न र आवश्यकताका आधारमा केन्द्रीय कमिटी भंग गर्ने प्रस्ताव केन्द्रीय कमिटीमा लैजाने निर्णय गरेको प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए।
  • विशेष महाधिवेशनको मिति तोक्न र निर्वाचनको लागि सरकारको ध्यानाकर्षण गर्ने विषयमा पनि स्थायी कमिटी बैठकले निर्णय गरेको छ।

८ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रले केन्द्रीय कमिटी विघटन गर्दै अध्यक्ष प्रचण्डको संयोजकत्वमा विशेष महाधिवेशन आयोजक समिति गठन गर्ने भएको छ ।

पार्टी कार्यालय पेरिसडाडाँमा बुधबार बसेको स्थायी कमिटी बैठकले एकता र आवश्यकताका आधारमा केन्द्रीय कमिटी भंग गर्ने र अध्यक्ष प्रचण्डले विशेष महाधिवेशन आयोजक समितिको संयोजन गर्ने प्रस्ताव केन्द्रीय कमिटीमा लैजाने निर्णय गरकोे प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

पार्टीभित्र एकता कायम गर्न र वर्तमान अवस्थाका आधारमा केन्द्रीय कमिटी भंग गर्न लागिएको उनले बताए ।

उनका अनुसार बैठकले विशेष महाधिवेशनको मिति तोक्न समेत केन्द्रीय कमिटीमा प्रस्ताव गर्नेछ ।

विशेष महाधिवेशन आयोजक समितिको संयोजकमा प्रचण्ड रहने निश्चित भएको दाबी गर्दै उपाध्यक्ष सापकोटाले यसमा कसैको फरक मत भए केन्द्रीय कमिटीमा राख्न सकिने बताए ।

केन्द्रीय कमिटीमा अध्यक्ष प्रचण्डले राजनीतिक प्रस्ताव प्रस्तुत गर्ने र प्रदेश अनुसार प्रतिनिधि विभाजन गरेर, केन्द्रीय समितिको पूर्ण बैठकमा रिपोर्टिङ हुने सापकोटाले बताए ।

यस्तै तोकिएको मितिमा नै निर्वाचन गर्न सरकारको ध्यानाकर्षण गर्ने र पार्टीको तर्फबाट यथासम्भव भूमिका खेल्ने निर्णय माओवादी स्थायी बैठकको छ ।

त्यस्तै जेनजीलगाएत परिवर्तनकारी शक्तिहरूसँग वार्ता र संवाद गरेर समझदारी कायम गर्ने, समाजवादी मोर्चा र राजनीतिक कार्यदिशा तथा विचार मिल्नेसंग कार्यगत एकताका लागि प्रभावकारी पहल गर्ने निर्णय बैठकले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?