
८ असोज, काठमाडौं । काठमाडौं उपत्यका आसपासका नदीहरूमा बाढी आएको छ ।
बुधबार दिउँसोदेखिको अविरल वर्षापछि उपत्यकाका अधिकांश नदीहरुमा बाढी आएको हो । वागमती, धोविखोला, बल्खु खोला, विष्णुमती लगायतका नदीहरूमा बाढी आएको छ ।
वर्षा निरन्तर रहे बुधवार साँझसम्म जल सतह पार गर्ने भन्दै आवश्यक शतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागको आग्रह छ ।
जलवायु परिवर्तनको कारण जलचक्रिय प्रणालीमा आएको असरको कारण असोजमा अत्याधिक पछिल्ला वर्षहरूमा असोजमा अत्यधिक वर्षा हुने गरेको छ ।
गत वर्षको ११ र १२ असोजमा आएको बाढीको कारण ठूलो जनधनको क्षति भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4