
९ असोज, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री वर्तमान मन्त्रिपरिषदमा जेनजीको प्रतिनिधित्व नभएकोप्रति प्रश्न उठाएका छन् । जेनजी आन्दोलन र बलिदानबाट बनेको सरकारमा उनीहरूको प्रतिनिधित्व नभएकोप्रति महामन्त्री शर्माले चासो राखेका हुन् ।
धनुषामा बिहीबार धारणा राख्ने क्रममा महामन्त्री शर्माले भने, ‘आन्दोलन जेनजीको, बलिदान जेनजीको तर सरकारमा खोइ जेनजी ? बनेका सबै मन्त्री योग्य देख्छु, एकसे एक व्यक्ति मन्त्री हुनुहुन्छ । तर एकजना पनि जेनजी युवा मन्त्री नबनाइनु तिनको योग्यताप्रति अविश्वास कि आन्दोलनको अपहरण ?’
०६२/६३ को आन्दोलनको भावना, संविधानसभाले निर्माण गरेको संविधानले नागरिकलाई दिएको अधिकार र मधेस आन्दोलनले स्थापित गरेको अधिकारलाई कुण्ठित नगरी अघि बढ्नु नयाँ सरकारलाई शर्माको सुझाव थियो ।
पार्टीभित्रको प्रसंगमा महामन्त्री शर्माले मंसिरमा नियमित १५ औं महाधिवेशन वा विशेष महाधिवेशन गर्न सकिने बताए ।
संविधान घाइते अवस्थामा रहेकाले निर्वाचन मार्फत ब्युताउनुपर्ने उनले बताए ।
प्रतिक्रिया 4