
१० असोज, काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले चाडपर्व सुरक्षा र निर्वाचनको पूर्व तयारीमा जुट्न निर्देशन दिएका छन् ।
दशैँ, तिहार, नेपाल सम्वत् तथा छठ पर्वको अवसरमा १० असोज १० गते प्रधान कार्यालयबाट मातहत सवै इकाईलाई उनले यस्तो निर्देशन दिएका हुन् ।
आगामी २१ फागुनमा तोकिएको आम निर्वाचनलाई शान्तिपूर्ण र निष्पक्ष बनाउन प्रारम्भिक पूर्व तयारी सुरु गर्न मातहत इकाइलाई समेत उनले निर्देशन दिए ।
उनले नजिकिँदै गरेका चाडपर्वहरुमा जनताले निर्धक्कसाथ मनाउनका लागि सुरक्षा व्यवस्थाको सुनिश्चित गर्न चाडपर्व लक्षित सुरक्षा योजनाको प्रभावकारी कार्यान्वयन गर्न निर्देशन थिए ।
साथै सीमा नाकाबाट चाडपर्व मनाउन स्वदेश फर्किने नागरिकको सम्मानजनक तथा सुरक्षित आवागमनका लागि आवश्यक स्थानमा सहायता–डेस्क स्थापना गरी समकक्षी सुरक्षा निकाय तथा सरोकारवालासँगको समन्वयमा प्रभावकारी परिचालन र नियमित अनुगमन गर्ने व्यवस्था मिलाउन उनले भनेका छन् ।
प्रतिक्रिया 4