+
+
Shares

भ्रष्टाचार अब क्षम्य हुँदैन : ऊर्जामन्त्री घिसिङ

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज १० गते १६:५५
फाइल तस्वीर

१० असोज, काठमाडौं । ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले जेनजीको माग भ्रष्टाचार निर्मुल गर्ने, सुशासन कायम गर्ने रहेको बताएका छन् ।

नेपाल विद्युत् प्राधिकरणले शुभकामना र बधाई दिन आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले देशमा भएका विभिन्न बेथितिको अन्त्य गरेर देशलाई समृद्धितिर अघि बढाउनुपर्ने जरुरी रहेको बताए ।

देशभित्रै बसेर काम गर्ने वातावरण बनाउने युवापुस्ताको चाहना पूरा गर्न जरुरी रहेको उनले बताए ।

सुशासनको विषयलाई गम्भीर रूपमा लागु गर्नुपर्ने उनले बताए ।

जेनजीले उठाएका सुशासनका विषयलाई गम्भीर रूपमा लिएर लागू गर्दै जनताको सेवामा कमी हुन दिन नहुने उनले बताए ।

अनियमितता र भ्रष्टाचारको गन्ध आए तत्काल कारबाही गर्ने उनको चेतावनी छ । अब पनि त्यस्तै गतिविधि भइरहे अर्को ठूलो विद्रोह हुने र त्यसले कसैलाई नछोड्ने उनको भनाइ छ ।

मन्त्री घिसिङले प्राधिकरणभित्र सुशासन कायम गर्न कटिबद्ध भएर लाग्न निर्देशन दिए । कुनै किसिमको अनियमितता र भ्रष्टाचार गरेको पाइए तत्काल कारबाही हुने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?