
११ असोज, काठमाडौं । राप्रपाका युवा नेताहरूले काठमाडौंको माइतीघरमा सांकेतिक मौन प्रदर्शन गरेका छन् । जेनजी विद्रोहलाई उपलव्धीविहीन बनाइएको भन्दै उनीहरूले शनिबार माइतिघरमा प्रदर्शन गरेका हुन् ।
उनीहरूले क्रान्तिको भावनाविपरीत नजान र शहीदको बलिदानीलाई नजरअन्दाज नगर्न माग गरेका छन् । आन्दोलनका क्रममा भएको दमन गर्नेहरूलाई तत्काल कानूनी दायरामा ल्याउन ढिलाई भएको भन्दै उनीहरूले चिन्ता व्यक्त गरेका छन् ।
राप्रपा केन्द्रीय सदस्य खुस्बु ओलीले क्रान्तिको भावनाबिपरित अन्तरिम सरकार अघि बढ्न खोजेकाले ध्यानाकर्षण गराउन सांकेतिक मौन प्रदर्शन गरिएको जानकारी दिए ।
प्रदर्शनमा सहभागीहरूले महंगो र विखण्डनकारी प्रदेश खारेजी कहिले ?, देशलाई दुर्घटनाबाट जोगाउन नविन समझदारी गर, ७५ जनाको बलिदान फेरी यहि संविधान ? लगायत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4