+
+
Shares

माछापुच्छ्रे बैंकको ८ प्रतिशत लाभांश स्वीकृत

बैंकको साधारणभाले ४ प्रतिशत नगद र ४ प्रतिशत बोनस सेयर गरी ८ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज १२ गते १५:२३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • माछापुच्छ्रे बैंकको २७औं वार्षिक साधारणसभाले ८ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको छ।
  • साधारणसभाले ४ प्रतिशत नगद र ४ प्रतिशत बोनस सेयर गरी लाभांश वितरण गर्ने निर्णय गरेको छ।
  • बोनस सेयरपछि बैंकको चुक्ता पूँजी १२ अर्ब ८ करोड रुपैयाँ पुग्नेछ र नगद लाभांश दशैंअघि सेयरधनीको खातामा पठाइनेछ।

१२ असोज, काठमाडौं । माछापुच्छ्रे बैंकको २७औं वार्षिक साधारणसभाले सेयरधनीलाई ८ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको छ ।

बैंकको शुक्रबार सम्पन्न साधारणभाले ४ प्रतिशत नगद र ४ प्रतिशत बोनस सेयर गरी ८ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको हो ।

पोखरामा सम्पन्न बैंकको साधारणसभाले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिबेदन पारित गरेको छ । साथै, आव २०८१/८२ को खुद नाफाबाट आफ्ना सेयरधनीलाई चुक्ता पूँजीको ८ प्रतिशत लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

माछापुच्छ्रे बैंक चालु आव वार्षिक साधारणसभा सम्पन्न गर्ने र लाभांश वितरण गर्ने पहिलो बैंक बनेको छ । बैंकले उक्त नगद लाभांश दशंैअघि नै सम्बन्धित सेयरधनीको खातामा पठाइसक्ने छ ।

बोनस सेयर वितरणपछि बैंकको कुल चुक्ता पूँजी १२ अर्ब ८ करोड पुग्ने छ । बैंकले गत आव १ अर्ब ८८ करोड रुपैयाँ खुद नाफा गरेर प्रतिसेयर आम्दानी १६ रुपैयाँ २१ पैसा कायम गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?