+

इन्जुरी समयको गोलमा आर्सनलको पुनरागमन जित

२०८२ असोज  १३ गते १२:४५ २०८२ असोज १३ गते १२:४५
इन्जुरी समयको गोलमा आर्सनलको पुनरागमन जित

News Summary

Generated by OK AI. Editorially reviewed.
  • इंग्लिस प्रिमियर लिगमा आर्सनलले न्युकासल युनाइटेडलाई २-१ गोलअन्तरले हराएको छ।
  • निक वाल्टमोडले ३४औं मिनेटमा न्युकासलका लागि गोल गरे भने मिकेल मेरिनोले ८४औं मिनेटमा बराबरी गोल गरे।
  • इन्जुरी समयको छैटौं मिनेटमा गाब्रियल मागेल्सले आर्सनलका लागि विजयी गोल गरे।

१३ असोज, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा आर्सनलले पुनरागमन जित हासिल गरेको छ । आर्सनलले न्युकासल युनाइटेडलाई उसैको मैदानमा २-१ गोलअन्तरले हरायो ।

खेलको पहिलो हाफमा १-० ले पछि परेको आर्सनलले निर्धारित समय सकिन लाग्दा बराबरी गोल गरेको थियो भने इन्जुरी समयमा विजयी गोल गरेको थियो ।

३४औं मिनेटमा निक वाल्टमोडले गोल गर्दै न्युकासललाई अग्रता दिलाएका थिए । दोस्रो हाफको ८४औं मिनेटमा मिकेल मेरिनोले गोल गर्दै खेल बराबरीमा ल्याए ।

इन्जुरी समयको छैटौं मिनेटमा गाब्रियल मागेल्सले आर्सनलका लागि विजयी गोल गरे ।

जितपछि ६ खेलमा १३ अंक भएको आर्सनल गोलअन्तरका आधारमा दोस्रो स्थानमा छ । शीर्षस्थानको लिभरपुलको समान खेलबाट १५ अंक छ ।

आर्सनल इंग्लिस प्रिमियर लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय