+
+
Shares

सिन्धुलीमा फलामको रेलिङमा मोटरसाइकल ठोक्किँदा तीन जना घाइते, २ को अवस्था गम्भीर

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज १३ गते १४:२८

१३ असोज, काभ्रेपलाञ्चोक । सिन्धुलीको दुधौली नगरपालिका ५ ठाकुर खोलापुलमा सडकमा रहेको रेलिङमा मोटरसाइकल ठोक्किदा तीन जना घाइते भएका छन् । घाइतेमध्ये २ जनाको अवस्था गम्भीर छ ।

मदन भन्डारी राजमार्गमा सिर्थौलीबाट डकाहा  तर्फ जाँदै गरेको  ग ८ प २७४५ को मोटरसाईकल आफै अनियन्त्रित भई सडक छेउमा रहेको फलामको रेलिङमा ठोक्किएर दुर्घटना हुँदा तीन जना घाईते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख लालध्वज सुवेदीले जानकारी दिए । घाइतेमध्ये २ जनाको अवस्था गम्भीर छ ।

गम्भीर घाइते हुनेमा दुधौली १ का बर्ष २४ को किरण धामी र सोहि ठाउँका बर्ष ३० को जीवन धामी रहेको इलाका प्रहरी कार्यालय डाकाहका प्रमुख प्रहरी निरीक्षक सपना खड्काले जानकारी दिइन् ।

उनका अनुसार गम्भीर घाइते किरणको पेट र हिप फुटेको तथा जीवनको पेट फुटेको छ । दुर्घटनामा वर्ष ३२ को क्षितिज धामी सामान्य घाइते भएका छन् ।  क्षितिजको दायाँ हातमा चोट लागेको छ । उनीहरूलाई प्रहरीले उद्धार गरेर दुधौलीको नगर असपताल सिर्थौलीमा लगिएकोमा सामान्य उपचारपछि विराटनगर रिफर गरिएको इलाका प्रहरी डाकाहका प्रमुख खड्काले जानकारी दिइन् ।

मादक पदार्थ सेवन गरेर एउटै बाइकमा चढेका उनीहरू सवार मोटरसाइकल अनियन्त्रित भएर रेलिङमा ठोक्किएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?