
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल प्रहरीका पूर्वअतिरिक्त महानिरीक्षक टेक तामाङले 'जित्नेहरुको पनि हजार-हजार हार हुन्छ' बोलको गीत सार्वजनिक गरेका छन्।
- गीतमा सत्यराज आचार्यको स्वर, राजकुमार बगरको संगीत र सञ्जिव बराइलीको एरेञ्ज छ।
- म्युजिक भिडियोमा सरोज खनाल र यु-२० राष्ट्रिय महिला फुटबल टिमका खेलाडीहरुको अभिनय छ।
काठमाडौं । नेपाल प्रहरीका पूर्वअतिरिक्त महानिरीक्षक (एआईजी) तथा वरिष्ठ गीतकार टेक तामाङले नयाँ गीत सार्वजनिक गरेका छन् ।
टेक तामाङ अफिसियल युट्युब च्यानलमार्फत ‘जित्नेहरुको पनि हजार-हजार हार हुन्छ’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो ।
सत्यराज आचार्यको स्वरमा रहेको गीतमा राजकुमार बगरले संगीत भरेका छन् भने सञ्जिव बराइलीले एरेञ्ज गरेका हुन् ।
म्युजिक भिडियोमा अभिनेता सरोज खनालसँगै यु-२० राष्ट्रिय महिला फुटबल टिमका खेलाडीहरुको अभिनय छ । भिडियोको निर्देशन निकेश खड्काले गरेका हुन् ।
हार र जीत जीवनको अंग भएको सन्देश बोकेको यस गीतले “जित्नेहरुको पनि कहिलेकाहीँ हार हुन्छ” भन्ने जीवनदर्शन प्रस्तुत गरेको छ । उनले गीतमार्फत आत्तिनु र मात्तिनुहुँदैन भनका छन् । अनि सुखदुःख आइरहन्छ तर सपना बुन्नलाई छोड्नुहुँदैन भन्ने सन्देश दिइएको छ ।
यसअघि सम्पन्न ‘गीतकार टेक तामाङ सांगीतिक साँझ २०८२’ पनि नेपाली गीत–संगीत क्षेत्रमा ऐतिहासिक कार्यक्रमको रूपमा रेकर्ड भएको थियो ।
गीतकार तामाङको यसअघि नजिक भएर पनि …, तिमीलाई माया गर्छु, आमा, जीवनसाथी, माया गरेर हेर, मै खुकुरी अघिसरी सहित आधुनिक, राष्ट्रिय र सेलो गरेर १ हजार गीत रेकर्डिङ र प्रकाशन भएर आइसकेका छन् ।
प्रतिक्रिया 4