+
+
Shares

ठूला दलका नेतालाई बलपूर्वक विदाइ नगरे देश बन्दैन: प्रभु साह

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज १४ गते ११:३९
आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साह

१४ असोज, काठमाडौं। आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले ठूला दलका ठूला नेतालाई बलपूर्वक विदाइ नगरेसम्म देश नबन्ने बताएका छन्।

सिण्डिकेटधारी दल र तिनका नाइकेहरूलाई राजनीतिबाट बलपूर्वक विदाइ नगरेसम्म देश र जनताको भलाई नहुने उनको टिप्पणी छ।

सिंहदरबार, रामशाहपथ, बहादुरभवनलगायतमा अझै पनि तीन दलको छायाँ र विषादी रहेकाले देशले अग्रगमनको बाटो समाउन कठिन भइराखेको उनको भनाइ छ।

रौतहटको चन्द्रपुर नगरपालिकाको चेतनगर बजारमा आयोजित शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष साहले यस्तो बताएका हुन्।

अहिले देश विषम परिस्थितिबाट गुज्रिरहेको उल्लेख गर्दै उनले देशभक्त हरेक नेपालीले चनाखो हुनुपर्ने बेला आएको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?