+
+
Shares

दशैं बिदामा पनि पाइन्छ श्रम स्वीकृति

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज १४ गते १२:५५

१४ असोज, काठमाडौं । वैदेशिक रोजगार विभागले दशैंको बिदामा समेत श्रम स्वीकृती जारी गर्ने भएको छ । त्यसका लागि डेडिकेटेड कर्मचारीहरूको व्यवस्थापन गरिएको विभागका महानिर्देशक कमल भट्टराईले जानकारी दिए ।

दशैंको बिदामा श्रम स्वीकृति जारी गर्नका लागि एक जना उपसचिवसहित सात जना कर्मचारीलाई राखिएको उनको भनाइ छ । दशैं बिदामा श्रम स्वीकृति जारी गर्नैपर्नेको हकमा ती कर्मचारीले श्रम स्वीकृति दिनेछन् ।

वैदेशिक रोजगारीका लागि भिसा आइसकेर टिकट समेत काटिसकेकाहरूलाई दशैं बिदामा समेत श्रम स्वीकृति जारी गर्नुपर्ने अवस्था आउने गरेका छन् । उनीहरूलाई श्रम स्वीकृतिमा समस्या नहोस् भनेर कर्मचारी व्यवस्थापन गरिएको उनको भनाइ छ ।

श्रम स्वीकृतिका लागि अनलाइनमार्फत आवेदन दिनुपर्ने व्यवस्था छ । सोही अनुसार आवश्यक कागजातसहित पेश गरिएको आवेदनको हकमा श्रम स्वीकृति जारी हुने गरेको छ । चाहिने कागजात पेश नगरिएको खण्डमा आवेदन अस्वीकृत हुन्छ भने के कारणले अस्वीकृत भएको हो त्यसको जानकारी समेत दिने गरिएको छ ।

संयुक्त अरब इमिरेट्स (यूएई) ले हाल भिजिट भिसामा रोक लगाएको छ भने वर्किङ भिसामा समेत कडाइ गरेको छ । मलेसिया लगायतका अन्य मुलुकहरूले समेत वर्किङ भिसामा कडाइ गर्दै आएका छन् ।

गत भदौ २३ र २४ गते नेपालमा चलेको जेनजी आन्दोलनपछि कैदीबन्दीहरू भागेको कारण देखाउँदै ती देशहरूले कडाइ गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?