+

काभा महिला नेसन्स लिग उज्बेकिस्तानमा, नेपालले नखेल्ने

२०८२ असोज  १४ गते १९:१० २०८२ असोज १४ गते १९:१०
काभा महिला नेसन्स लिग उज्बेकिस्तानमा, नेपालले नखेल्ने

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सेन्ट्रल एसियन भलिबल एसोसियसको आयोजनामा काभा महिला नेसन्स लिग अक्टोबर १ देखि ५ सम्म उज्बेकिस्तानमा हुने भएको छ।
  • पहिले नेपालमा नोभेम्बर १५ देखि २२ सम्म हुने तय प्रतियोगिता स्थगित भएको थियो।
  • आयोजकले सार्वजनिक गरेको खेल तालिकामा नेपालको नाम छैन र प्रतियोगितामा उज्बेकिस्तान, इरान, कीर्गिस्तान र ताजिकिस्तान सहभागी हुनेछन्।

१४ असोज, काठमाडौं । सेन्ट्रल एसियन भलिबल एसोसियस (काभा)को आयोजनामा हुने काभा महिला नेसन्स लिग उज्बेकिस्तानमा हुने भएको छ ।

आयोजकले मंगलबार खेल तालिका सार्वजनिक गरेको छ जस अनुसार अक्टोबर १ देखि ५ सम्म उज्बेकिस्तानमा प्रतियोगिता हुने भएको हो ।

यसअघि काभा महिला नेसन्स लिग नेपालमा आगामी नोभेम्बर १५ देखि २२ सम्म हुने तय रहेको भएपनि स्थगित भएको थियो ।

आयोजकले मंगलबार सार्वजनिक गरेको खेल तालिकामा नेपालको नाम समेत छैन ।

प्रतियोगितामा आयोजक उज्बेकिस्तान, इरान, कीर्गिस्तान र ताजिकिस्तान सहभागी हुनेछन् ।

नेपाल सहभागी नहुने बारेमा नेपाल भलिबल संघले आधिकारिक रूपमा भने केही जानकारी गराएको छैन ।

काभा महिला नेसन्स लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय