
News Summary
Generated by OK AI. Editorially reviewed.- बैतडीमा खोल्सीबाट पाटन बजारतर्फ आइरहेको भ्यान पाटन–६ गाङको मोडमा दुर्घटना हुँदा तीन जना गम्भीर घाइते भएका छन्।
- घाइतेहरूमा पाटन नगरपालिका–४ का मानध्वज भट्ट, रमेश भट्ट र जयराम भट्ट रहेका छन्।
- घाइतेहरूको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ र प्रहरी प्रवक्ता बलराम पाण्डेयले जानकारी दिनुभयो।
१५ असोज, बैतडी। बैतडीमा भ्यान दुर्घटना हुँदा तीन जना गम्भीर घाइते भएका छन्।
खोल्सीबाट पाटन बजारतर्फ आइरहेको सुप प्र ०१ ००१ च ४१२८ भ्यान पाटन–६ गाङको मोडमा आज बिहान दुर्घटना भएको हो।
दुर्घटनामा भ्यान चालक पाटन नगरपालिका–४ का मानध्वज भट्ट, सोही वडाका रमेश भट्ट र जयराम भट्ट गम्भीर घाइते भएका चिकित्सकलाई उद्धृत गर्दै बैतडीका प्रहरी प्रवक्ता बलराम पाण्डेयले जानकारी दिए।
घाइतेको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4