+
+
Shares

भ्रष्टाचारविरुद्धको अभियानसहित तीन मुद्दामा एक हुँदै जेनजी 

कौशल काफ्ले कौशल काफ्ले
२०८२ असोज १५ गते २०:४१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भदौ २३ र २४ गतेको जेनजी आन्दोलनलाई संस्थागत गर्न र सङ्गठित भएर अघि बढ्न जेनजी समूहबीच सहमति हुने भएको छ।
  • शहीद परिवार र घाइतेलाई उचित सम्बोधन, भ्रष्टाचारविरुद्ध अभियान र आगामी निर्वाचन सफल बनाउन सरकारलाई सहयोग गर्ने तीन मुद्दामा सबै जेनजी समूह एक हुने भएका छन्।
  • इन्डिजिनियस जेनजी समूह, जेनजी मुभमेन्ट अलायन्स, हामी नेपाल लगायतका समूह र अगुवाहरूले दशैंपछि सहमति गर्ने र तीन मुद्दामा केन्द्रित भएर अघि बढ्ने बताएका छन्।

१५ असोज, काठमाडौं । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनलाई सस्थागत गर्न र सङ्गठित भएर अघि बढ्न जेनजी समुहबीच सहमति हुने भएको छ ।

आन्दोलनपश्चात् एक हुन नसकेर विभिन्न समूहका नाममा छरिएका जेनजी समूह तीन मुद्दालाई लिएर एक हुने भएका हुन् ।

शहीद परिवार र घाइतेलाई उचित सम्बोधन गरिनुपर्ने, भ्रष्टाचारविरुद्ध अभियान जारी रहने र आगामी निर्वाचन सफल बनाउन सरकारलाई सहयोग गर्ने मुद्दामा सबै जेनजी समूह एक हुने भएका हुन् ।

‘अहिले हामीबीच छलफल चलिरहेको छ। तत्कालका लागि समूह-विशेष मागहरू आफ्नो ठाउँमा राखेर तीन मुद्दामा मात्र केन्द्रित हुन खोजेका हौँ,’ एक जेनजी अगुवाले अनलाइनखबरसग भने, ‘बाँकी माग आआफ्नो ठाउँमा छ ।

तत्कालको लागि आन्दोलनलाई संस्थागत गर्न र हाम्रा आधारभूत मागमा सहमति गरेर सरकारलाई झक्झक्याउन हामी सबै एक हुनेगरी छलफल भइरहेको छ ।’

यसरी सहमति गर्नेमा इन्डिजिनियस जेनजी समूह, जेनजी मुभमेन्ट अलायन्स, हामी नेपालसहितको जेनजी समूहसहित जेनजी अगुवाहरू लगायत छन् ।

दशैं सकिएलगत्तै यसमा सहमति हुने र तत्कालको लागि तीन मुद्दालाई केन्द्रमा राखेर अघि बढ्ने तिनीहरूले बताए ।

लेखक
कौशल काफ्ले

काफ्ले अनलाइनखबरमा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?