+
+
Shares

गिरीबन्धु टी-ईस्टेट अगाडि सवारी दुर्घटना, दुई जनाको मृत्यु, १३ घाइते

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज १६ गते १२:४२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • झापाको बिर्तामोड नगरपालिका-६ स्थित गिरीबन्धु टी-ईस्टेट अगाडि सगरमाथा यातायातको बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
  • मृत्यु हुनेमा सुनसरी इटहरीका ४६ वर्षीय दिनेशकुमार भट्टराई र रङ्गेलीका ४२ वर्षीय राजकुमार चौधरी रहेका छन्।
  • घाइते १३ जनाको स्थानीय बि एण्ड सी अस्पतालमा उपचार भइरहेको छ र बस चालकको खोजी जारी छ।

१६ असोज, बनियानी । झापाको बिर्तामोड नगरपालिका-६ स्थित गिरीबन्धु टी-ईस्टेट अगाडि आज बिहान भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने अन्य १३ जना घाइते भएका छन् ।

विराटनगरबाट काँकडभिट्टातर्फ गइरहेको सगरमाथा यातायातको यात्रीवाहक बस दुर्घटना हुँदा सुनसरीको इटहरी नगरपालिका-११ का ४६ वर्षीय दिनेशकुमार भट्टराई र बसका सहचालक रङ्गेली नगरपालिका-२ का ४२ वर्षीय राजकुमार चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।

घाइते सबैको स्थानीय बि एण्ड सी अस्पतालमा उपचार भइरकेको छ । सबै घाइतेको अवस्था सामान्य रहेको प्रवक्ता खड्काले बताए । दुर्घटनापछि फरार भएका बस चालकको खोजी जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?