+
+
Shares

मन्त्रिपरिषद्‌मा जेनजी वा शहीद परिवारको सहभागिता अनिवार्य गरियोस् : प्रभु साह

अन्तरिम सरकारको गठनले मात्रै जेनजी आन्दोलनको माग सम्बोधन गर्न नसकिने भएकाले त्यसका लागि अन्तरिम संविधान आवश्यक भएको उनको आग्रह छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज १६ गते १५:०२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आम जनता पार्टीका अध्यक्ष प्रभु साहले सुशीला कार्की नेतृत्वको सरकारमा जेनजी वा जेनजी शहीद परिवारको अनिवार्य सहभागिता हुनुपर्ने बताएका छन्।
  • साहले अन्तरिम सरकार गठनले मात्र जेनजी आन्दोलनको माग सम्बोधन नहुने भएकाले अन्तरिम संविधान आवश्यक भएको बताएका छन्।
  • उनले अहिलेकै संविधानबाट जेनजी आन्दोलनको माग सम्बोधन गर्न नसकिने र अन्तरिम संविधान आवश्यक रहेको बताएका छन्।

१६ असोज, काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले सुशीला कार्की नेतृत्वको सरकारमा जेनजी वा जेनजी शहीद परिवारको तर्फबाट अनिवार्य सहभागिता हुनुपर्ने बताएका छन् ।

‘जुन वर्गको आन्दोलनले यस्तो परिवर्तन भयो त्यही बर्गको सरकारमा सहभागिता नहुनु दु:खद छ’ उनी भन्छन्, ‘यो सरकारमा जेनजी वा जेनजी शहीद परिवारको तर्फबाट अनिवार्य सहभागिताको आवश्यकता छ ।’

दशैं, दिपावली, छठ पर्वको अवसरमा रौतहटको मर्यादपुरमा बिहीबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै आजपा अध्यक्ष साहले यस्तो बताएका हुन् ।

अन्तरिम सरकारको गठनले मात्रै जेनजी आन्दोलनको माग सम्बोधन गर्न नसकिने भएकाले त्यसका लागि अन्तरिम संविधान आवश्यक भएको उनको आग्रह छ ।

‘अहिलेकै संविधानबाट जेनजी आन्दोलनको माग सम्बोधन गर्न सकिँदैन । जेनजी आन्दोलनको माग सम्बोधन र मुलुकमा देखिएको अहिलेको संकट समाधानका लागि अन्तरिम संविधान आवश्यक छ,’ आजपा अध्यक्ष साहले भने ।

अन्तरिम सरकार गठन गरेर जेनजीको माग टालटुल गर्न नहुने उनको आग्रह छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?