+

नेपाली महिला क्रिकेट टोली मलेसियासँग पराजित

२०८२ असोज  १६ गते १५:४२ २०८२ असोज १६ गते १५:४२
नेपाली महिला क्रिकेट टोली मलेसियासँग पराजित

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली महिला राष्ट्रिय क्रिकेट टोली मलेसियासँगको टी–२० अन्तर्राष्ट्रिय पहिलो खेलमा ३ रनले पराजित भएको छ।
  • मलेसियाले दिएको १०५ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १०१ रन मात्र बनाएको थियो।
  • मलेसियाकी नुर दानिया स्यादाले ४ ओभरमा १० रन दिएर ३ विकेट लिइन् भने कप्तान विनिफ्रेड दुरासिंघमले सर्वाधिक २७ रन बनाइन्।

१६ असोज, काठमाडौं । नेपाली महिला राष्ट्रिय क्रिकेट टोली मलेसियासँगको टी–२० अन्तर्राष्ट्रिय शृंखलाअन्तर्गत पहिलो खेलमा पराजित भएको छ ।

कुआलालम्पुरस्थित वायुमास ओभलमा भएको खेलमा नेपाललाई मलेसियाले ३ रनले हराएको हो । मलेसियाले दिएको १०५ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १०१ रन मात्र बनाउन सक्यो ।

अन्तिम ओभरमा ७ रन चाहिएको अवस्थामा कविता जोशी र राजमती ऐरी क्रिजमा रहेपनि ३ रन मात्र जोड्न सके ।

नेपालका लागि पूजा महतोले सर्वाधिक ३० रन बनाइन् । सम्झना खड्काले १८, कविता जोशीले अविजित १३ तथा कप्तान इन्दु बर्माले १२ रन बनाइन् ।

मलेसियाकी नुर दानिया स्यादाले ४ ओभरमा १० रन मात्र दिएर ३ विकेट लिइन् । कप्तान विनिफ्रेड दुरासिंघम र आइसा एलिसाले २-२ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले २० ओभरमा ५ विकेट गुमाएर १०४ रन बनाएको थियो ।

मलेसियाका लागि कप्तान विनिफ्रेडले सर्वाधिक २७ रन बनाइन् । अइना हमिजाले २६ तथा मास एलिसाले २५ रन बनाइन् ।

नेपालकी सोमु विष्टले २ तथा रुबिना क्षेत्रीले १ विकेट लिए ।

शृंखलाको दोस्रो खेल शनिबार हुनेछ ।

नेपाली महिला क्रिकेट टोली
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय