+
+
Shares

मानव अधिकार आयोगले माग्यो बाल विवाहले पार्ने प्रभावसम्बन्धी दस्तावेज र अध्ययन प्रतिवेदन  

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज १७ गते ९:४१

१७ असोज, काठमाडौं ।  राष्ट्रिय मानव अधिकार आयोगले बाल विवाहले मानव अधिकारमा पार्ने प्रभावसम्बन्धी राष्ट्रिय जाँचबुझका लागि प्रतिवेदन तथा अन्य दस्तावेज पेश गर्न आह्वान गरेको छ ।

आयोगले बाल विवाहले मानव अधिकारमा पारेको प्रभाव सम्बन्धमा राष्ट्रिय जाँचबुझ गर्न लागेको छ । यो अनुसन्धानमुलक जाँचबुझले शिक्षा, स्वास्थ्य, हिंसाबाट सुरक्षा तथा समग्र मानव अधिकारमा पारेको प्रभाव लगायतका आधारभूत अधिकारहरूमा बाल विवाहले पार्ने बहुआयामिक प्रतिकुल प्रभावको मूल्यांकन र समीक्षा गर्ने उद्देश्य राखेको आयोगले जनाएको छ ।

आयोगले सूचना नै निकालेर नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय तह, नागरिक समाजका संघ संस्था, अध्ययन अनुसन्धानमा सक्रिय निकाय तथा अन्तर्राष्ट्रिय संघ/संस्थाबाट भए गरेका अध्ययन/अनुसन्धान प्रतिवेदन वा सूचनामुलक जानकारी उपलब्ध गराउन आह्वान गरेको हो ।

यसै सन्दर्भमा आयोगले बाल बिबाहसम्बन्धी अध्ययन, नीति विश्लेषण, मूल्यांकन र समिक्षाका प्रतिवेदन र नेपालमा बाल विवाहले मानव अधिकार उपभोगमा परेका प्रभावहरू देखिने किसिमका अन्य सान्दर्भिक दस्तावेजहरू उपलब्ध गराई सहयोग गर्न अनुरोध गरेको हो ।

इच्छुकले आयोगको इमेल ठेगानामा वा आयोगको केन्द्रीय कार्यालय वा प्रदेश तथा प्रदेश शाखा कार्यालयमा नै उपस्थित भएर प्रतिवेदन तथा दस्तावेज पेश गर्न सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?