+
+
Shares

काठमाडौंका विभिन्न स्थानमा डुबानको खतरा, महानगरले शुरु गर्‍यो हेल्पलाइन सेवा

अहिले त्यहाँ थप क्षति रोक्न महानगर प्रहरी बल र विपद् व्यवस्थापन विभागको समन्वयमा बोरा र ग्राभेल प्रयोग गरी नदी कटान रोक्ने प्रयास भइरहेको महानगरपालिकाले जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज १८ गते ११:४०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गए रातिदेखि निरन्तर वर्षा भएपछि काठमाडौं महानगरपालिकाका प्रतिनिधिहरू जोखिमयुक्त स्थानहरूको अवलोकनमा खटिएका छन्।
  • काठमाडौं महानगरपालिका–१४ कोहिनुर हाउजिङ नजिकै करखुसी खोलाको छेउमा पहिरो गएर सडक भासिएको छ।
  • महानगरपालिकाले नदी कटान रोक्न बोरा र ग्राभेल प्रयोग गरी प्रयास गरिरहेको छ र जोखिमयुक्त बस्तीहरूलाई सतर्क रहन अनुरोध गरेको छ।

१८ असोज, काठमाडौं । गए रातिदेखि निरन्तर वर्षा भएपछि काठमाडौं महानगरपालिकाका प्रतिनिधिहरू सम्भावित जोखिमयुक्त स्थानहरूको अवलोकनमा खटिएका छन् ।

शनिबार बिहान करिब ९ बजे काठमाडौँ महानगरपालिका–१४ कोहिनुर हाउजिङ नजिकै करखुसी खोलाको छेउमा पहिरो गएर सडक भासिएको छ । उक्त सडक छेउका घरहरू जोखिममा पर्ने सम्भावना बढेको छ ।

अहिले त्यहाँ थप क्षति रोक्न महानगर प्रहरी बल र विपद् व्यवस्थापन विभागको समन्वयमा बोरा र ग्राभेल प्रयोग गरी नदी कटान रोक्ने प्रयास भइरहेको महानगरपालिकाले जनाएको छ ।

महानगरपालिकाका अनुसार, कुनै बस्तीमा डुबानको कारण समस्या उत्पन्न भएमा नजिकैको सुरक्षित विद्यालयमा सार्ने तयारी गरिएको छ । जोखिमयुक्त बस्तीहरूलाई सतर्क रहन अनुरोध गरिएको छ ।

कुनै समस्या परेमा तुरुन्त सम्पर्क गर्न सकिने हेल्पलाइन नम्बरहरू महानगरापालिकाले सार्वजनिक गरेको छ । महानगरले १६६००१०५५११, ०१५९०१७६४, ०१५९०१७६३ नम्बरमा सम्पर्क गरी विपद्जन्य समस्याबारे जानकारी दिन महानगरवासीलाई आग्रह गरेको छ ।

महानगरपालिकाका अनुसार, कुनै समस्या परेमा यी हेल्पलाइनमा सम्पर्क गर्न सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?