+
+
Shares

उपत्यकाका नदीमा जलसतह बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज १८ गते १२:५५

१८ असोज, काठमाडौं । निरन्तरको वर्षाका कारण उपत्यकाका खोला–नदीको जलसतह बढेको छ ।

वर्षासँगै वाग्मती, हनुमन्ते, मनोहरा, धोविखोला, विष्णुमती, नख्खु, बल्खुखोलालगायत नदी तथा खोलामा जलसतह बढेको हो ।

खोलाको बाढी किनारको सडकसम्म आउने र बस्तीमा डुबान समेत हुनसक्ने देखिएकाले सडक किनारबाट यात्रा नगर्न जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।

हाल विशेषगरी गण्डकी प्रदेशको पुर्वि भू–भाग देखि कोशी प्रदेश सम्म नै  अधिकांश स्थानहरूमा  मेघगर्जन /चट्याङ सहित वर्षा भैरहेको विभागले जनाएको छ ।

सुनसरी, उदयपुर, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलान्चोक, काठमाडौँ, ललितपुर, भक्तपुर, मकवानपुर, चितवन र आसपासका जिल्लाहरुमा अति उच्च जोखिम को सम्भावना रहने पूर्वानुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?