
News Summary
Generated by OK AI. Editorially reviewed.- सरकारले कार्यालय प्रमुखहरूलाई असोज १८ भित्र अनिवार्य रूपमा कार्यस्थल पुग्न निर्देशन दिएको छ।
- संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सूचना निकालेर मन्त्रालयका जिल्लास्थित कार्यालय प्रमुखहरूलाई कार्यस्थल पुग्न भनेको हो।
- जल तथा मौसम विज्ञान विभागले असोज २० गतेसम्म मध्यम देखि भारी वर्षाको सम्भावना रहेको जानकारी दिएको छ।
१८ असोज, काठमाडौं । सरकारले कार्यालय प्रमुखहरूलाई अनिवार्य रुपमा कार्यस्थल पुग्न भनेको छ ।
नेपाल सरकार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सूचना निकालेर यस्तो भनेको हो ।
जल तथा मौसम विज्ञान विभागका अनुसार यही असोज २० गतेसम्म देशका विभिन्न भागहरूमा मध्यम देखि भारी वर्षाको सम्भावना रहेको छ । यो अवस्थामा आ–आफ्नो मन्त्रालय अन्तर्गतका जिल्लास्थित कार्यालय प्रमुखहरूलाई असोज १८ अर्थात् आजैसम्ममा अनिवार्य रूपमा कार्यस्थल पुग्न सक्ने व्यवस्था मिलाउन भनिएको छ ।
कार्यस्थल पुगेर पूर्व तयारी र प्रतिकार्यको काममा जुट्नका लागि निर्देशन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट निर्देशन प्राप्त भएअनुसार सूचना निकालेको संघीय मामिला मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका उपसचिव भुवनेश्वर लामिछानेले निकालेको सूचनामा ‘सबै जिल्ला समन्वय अधिकारी तथा स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरूले निर्देशन कार्यान्वयन हुने व्यवस्था गर्न/गराउन हुन अनुरोध छ ।’
हेर्नुहोस् संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सूचना :
प्रतिक्रिया 4