+
+
Shares

काठमाडौं महानगरका यी ७० विद्यालयमा राखिनेछ बाढी प्रभावितलाई

महानगरपालिकाले खोला छेउछाउका जोखिमयुक्त बस्तीमा बसोबास गर्ने बासिन्दाहरूलाई नजिकैका कुन–कुन विद्यालयहरूमा स्थानान्तरण गर्ने भनेर लिस्टिङ नै गरेर सूचना प्रवाह गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज १८ गते १८:३१

१८ असोज, काठमाडौं । काठमाडौं महानगरपालिकाले जोखिममा रहेका बस्तीलाई सुरक्षित स्कुलहरूमा सारेको छ ।

महानगरपालिकाले खोला छेउछाउका जोखिमयुक्त बस्तीमा बसोबास गर्ने बासिन्दाहरूलाई नजिकैका कुन–कुन विद्यालयहरूमा स्थानान्तरण गर्ने भनेर लिस्टिङ नै गरेर सूचना प्रवाह गरेको छ ।

महानगरपालिकाको विपद् व्यवस्थापन विभागका अनुसार, बागमती, विष्णुमती लगायतका खोलाहरूको पानीको सतह निगरानीमा राखेर थली, बनेश्वर, कोटेश्वर र दोभान क्षेत्रमा स्थानीय वडा सदस्यहरूमार्फत समन्वय गरी विद्यालयहरू आश्रयस्थलका रूपमा पहिचान गरिएका छन् ।

विपद्को अवस्थामा बासिन्दाहरूलाई बस्ने, सुत्ने र ओत लाग्ने स्थानको अभाव हुन सक्ने भएकाले विद्यालयहरूलाई आधारभूत सुविधाहरू जस्तै शौचालय, खानेपानी, सुरक्षित स्थान तयार राख्न र उद्धार कार्यमा सहयोग गर्न निर्देशन दिइएको छ।

महानगरपालिकाले गत वर्ष जोखिममा परेका क्षेत्रहरूमा प्राविधिक टोली खटाएर निरन्तर निगरानी गरिरहेको छ ।

हालसम्म ठूलो बाढीको कुनै घटना नभए पनि सम्भावित जोखिमलाई मध्यनजर गर्दै सतर्कता अपनाइएको छ । सम्पूर्ण उद्धार तथा व्यवस्थापन कार्य काठमाडौं महानगरपालिकाको समन्वयमा सञ्चालन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?