
News Summary
Generated by OK AI. Editorially reviewed.- गायक दुर्गेश थापाले काठमाडौंका विभिन्न अस्पतालमा पुगेर जेनजी आन्दोलनका ११ जना घाइतेलाई जनही १०/१० हजार रुपैयाँ आर्थिक सहयोग वितरण गरे।
- उनले कमाइको केही हिस्सा घाइतेको उपचारमा खर्चिने घोषणा गर्दै सकेजति घाइते परिवारलाई सघाउने वचन पनि दिएका छन्।
- दुर्गेश थापाले आफूले केही कार्यक्रम स्थगित गरेको र 'यो बलिदान कहिल्यै व्यर्थ नजाओस्' भनी देशको गौरवशाली भविष्यमाथि आशा व्यक्त गरेका छन्।
काठमाडौं । गायक दुर्गेश थापाले काठमाडौंका विभिन्न अस्पतालमा पुगेर जेनजी आन्दोलनका घाइतेलाई भेटेका छन् ।
कमाइको केही हिस्सा घाइतेको उपचारमा खर्चिने घोषणा पनि उनले गरेका छन् । यसक्रममा अस्पतालमा रहेका ११ जना घाइतेलाई जनही १०/१० को दरले आर्थिक सहयोग वितरण गरे ।
सकेजति घाइतेको परिवारलाई सघाउने वचन पनि उनले दिएका छन् । आफू संगीतकर्मीभन्दा पहिला देशको नागरिक रहेको बताउँदै उनले जेनजी आन्दोलनको कारण आफूले केही कार्यक्रमहरू पनि स्थगित गरेको बताए ।
‘यो बलिदान कहिल्यै व्यर्थ नजाओस् । देश सदैव जनताको चाहनाअनुसार गौरवशाली बनोस्’ उनले लेखेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4