+
+
Shares

काभ्रेमा छिमेकीको घर भत्किँदा एक जना घाइते, हेलिकप्टरबाट उद्धार

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज १९ गते १५:०१

१९ असोज, काभ्रेपलाञ्चोक । काभ्रेको नमोबुद्ध नगरपालिका–५ गिनेरी बेसिमा छिमेकीको घर भत्किँदा प्रेम बहादुर लामा घाइते भएका छन् ।

लामाको छीमेकीको पुरानो घर भत्किँदा उनको कम्मर मुनि पुरेको थियो । घर भत्किँदा देव्रे खुट्टा भाचिएकोछ भने पैतालामा गहिरो चोट लागेको छ । त्यस्तै दायाँ खुट्टामा समेत चोट लागेको छ ।

उनलाई प्रभुको हेलिकप्टर मार्फत उपचारको लागि काठमाडौं पठाइएको प्रहरी चौकी कानपूर कोटतिमालका इंचार्ज नरमणि राईले जानकारी दिए ।

उपचारको लागि घाइतेका परिवार आफैंले हेलिकप्टर रिजर्भ गरेका थिए । उनको बौद्ध जोरपाटीमा रहेको अपांग अस्पतालमा लगिएको प्रहरीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?