+
+
Shares

२४ असोजदेखि एमएडब्लू वृद्धिको ‘मेगा एक्स्चेन्ज कार्निभल’

एक्सचेन्जमा बोनस र नगद छुट पनि पाउनेछन् जसबाट निश्चित मोडेलमा अधिकतम १५ लाख रुपैयाँसम्मको लाभ पाउन सक्नेछन् । 

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २१ गते १७:२८

काठमाडौं । अटोमोबाइल समूह एमएडब्लु वृद्धिले आगामी शुक्रबार (२४ असोज) देखि देशव्यापी रूपमा चाडबाड लक्षित ‘मेगा एक्स्चेन्ज कार्निभल’ आयोजना गर्ने भएको छ ।

एमएडब्लू वृद्धिले काठमाडौं गैरीधारास्थित एलिस रिसेप्सन र देशभरिका दिपल, नामी र सेरेसका आधिकारिक शोरुममा एकैसाथ मेगा एक्स्चेन्ज कार्निभल आयोजना गर्न लागेको हो ।

तीन दिनसम्म चल्ने एक्स्चेन्ज मेलामा ग्राहकले आफ्ना पुराना गाडी साटेर नेपालकै सबैभन्दा स्टाइलिस र टेक्नोलोजिकल्ली एड्भान्स्ड ईभीमा अपग्रेड गर्न सक्नेछन् ।

काठमाडौंमा आयोजना हुने मुख्य कार्यक्रममा ग्राहकले दिपल, अवतार, नामी र सेरेसजस्ता नेपालका शीर्ष ईभी ब्रान्डका चर्चित मोडेल एउटै स्थानमा अवलोकन गर्न र टेस्ट ड्राइभ गर्न पाउनेछन् ।

साथै, सबै उमेर समूहका लागि मिल्ने मनोरञ्जन केन्द्र पनि हुनेछ । आगन्तुकले ह्युमनोइड रोबोट शो, कार रेसिङ सिमुलेटर, किड्स जोन र इन्डोर गेमका साथै रिफ्रेसमेन्टको मजा लिन सक्ने कम्पनीको भनाइ छ ।

ग्राहकले एक्सचेन्ज मेलामा नेपालका शीर्ष पाँच रिकन्डिसन हाउसमार्फत् आफ्ना पुराना गाडीको  सर्वोत्कृष्ट मूल्यांकन गराउन सक्नेछन् ।

कम्पनीका अनुसार ग्राहकले एक्सचेन्जमा बोनस र नगद छुट पनि पाउनेछन् जसबाट निश्चित मोडेलमा अधिकतम १५ लाख रुपैयाँसम्मको लाभ पाउन सक्नेछन् ।

यो कार्यक्रममा बुकिङ गर्ने हरेक ग्राहकले नगरकोटस्थित प्रिमियम रिसोर्टमा एक जोडीले नाइट स्टेको पनि अफर पाउनेछन् ।

एक्स्चेन्ज कार्निभलमा पहिलो पटक अल्ट्रा प्रिमियम इलेक्ट्रिक एसयूभी अवतारलाई टेस्ट ड्राइभ गर्न सकिने छ । साथै, नाडा अटो शोमा शो स्टपर बन्न सफल दिपल एस०५ र सेग्मेन्ट फस्ट फिचरहरूले भरिएको नामी भिगो पनि प्रदर्शनमा राखिने छ ।

काठमाडौं बाहेक नेपालभरिका दिपल, नामी र सेरेसका सम्पूर्ण शोरुममा पनि एक्स्चेन्ज कार्निभल आयोजना हुनेछ जहाँ ग्राहकले एक्स्चेन्ज सुविधा, नगद छुट र अन्य धेरै अफर पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?