+
+
Shares

म संसद पुनर्स्थापना हुनुपर्छ भन्ने पक्षमा छैनः विमलेन्द्र निधि

पार्टीभित्र कतिपय नेताले संसद पुनर्स्थापनालाई मूल मुद्धा बनाउनुपर्ने आवाज उठाइरहेको बेला निधि चुनावको पक्षमा देखिएका हुन्।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २२ गते १४:२६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेता विमलेन्द्र निधिले संसद पुनर्स्थापनाको पक्षमा नभएको र पार्टीले चुनावी तयारी गर्नुपर्ने बताएका छन्।
  • निधिले महाधिवेशनलाई प्राथमिकता नदिई कार्यवाहक सभापति तोकेर चुनाव तयारीमा लाग्नुपर्ने विचार राखेका छन्।
  • सभापति शेरबहादुर देउवा दोस्रो दिनको आन्दोलनपछि सार्वजनिक रूपमा देखिएका छैनन् र कार्यवाहक तोक्ने निर्णय लिएका छैनन्।

२२ असोज, काठमाडौं। नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले संसद पुनर्स्थापनाको पक्षमा आफू नभएको बताएका छन् ।

पार्टीभित्र कतिपय नेताले संसद पुनर्स्थापनालाई मूल मुद्धा बनाउनुपर्ने आवाज उठाइरहेको बेला निधि चुनावको पक्षमा देखिएका हुन्।

अनलाइनखबरसँग कुरा गर्दै निधिले भने,‘म संसद पुनर्स्थापनाको पक्षमा छैन। पार्टीले चुनावी तयारी गर्नुपर्दछ।’

निर्वाचनको तयारीमा लाग्नुपर्ने भएको हुँदा नियमित वा विशेष महाधिवेशन अहिले प्राथमिकतामा राख्न नहुने विचार राखे । कार्यवाहक सभापति तोकेर चुनावको तयारीमा लाग्नुपर्ने उनले बताए।

उनी भन्छन्,‘पार्टीले गर्नुपर्ने अहिले धेरै कामहरू छन् । महाधिवशेनतिर लाग्दा चुनावको तयार गर्न समयभाव हुन्छ । कार्यवाहक सभापति तोकेर पार्टीको कमि कमजोरी सुर्धादै चुनावमा जानुपर्दछ।’

नेता कृष्णप्रसाद सिटौलाले संसद पुर्न स्थापनाको पक्षमा विचार राख्दै आएका छन् ।

सभापति शेरबहादुर देउवा जेनजीको दोस्रो दिनको आन्दोलनपछि सार्वजनिक रुपमा देखिएका छैनन्।

प्रदर्शनकारीको कुटपिटबाट देउवा घाइते भएका थिए । सभापति देउवाले कार्यवाहक तोक्नुपर्ने विचार पार्टीमा उठेपनि उनले निर्णय भने लिएका छैनन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?