+
+
Shares

‘कान्तारा २’ को विश्वब्यापी कमाइ ४०० करोड भारु, तेस्रो श्रृंखला पनि बन्ने

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २३ गते १९:५८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कन्नाडा फिल्म 'कान्तारा च्याप्टर १'ले भारतीय बक्सअफिसमा पहिलो सातामा ४०० करोड भारु कमाएको छ।
  • फिल्मले भारतमा दशैंको दिन ६१.८५ करोड भारुको ओपनिङ गरेको थियो र सप्ताहन्तमा ३३४.३५ करोड भारु कमाएको छ।
  • निर्देशक ऋषभ सेट्ठीले फिल्मको तेस्रो श्रृंखला विकासक्रममा रहेको खुलाएका छन्।

मुम्बई । ऋषभ सेट्ठी स्टारर कन्नाडा फिल्म ‘कान्तारा च्याप्टर १’ले भारतीय बक्सअफिसमा उछाल ल्याएको छ । यो फिल्मले भारतीय बक्सअफिसमा केही कीर्तिमान रचेको जनाइएको छ ।

फिल्मले प्रदर्शनको पहिलो साता विश्वब्यापी ४०० करोड भारु कमाइ गरेको एनडीटीभीले जनाएको छ । फिल्मले पहिलो साता भारतमा मात्र ३७९ करोड भारु (४२ मिलियन अमेरिकी डलर र विदेशबाट ८ मिलियन डलर (६७ करोड भारु)सहित कूल ५३ मिलियन डलर (४४६ करोड भारु) कमाइ भएको उल्लेख छ ।

यो फिल्म अन्तर्राष्ट्रिय बजारमा रिलिज भएकै समयमा टेलर स्विफ्टको फिल्म ‘पार्टी अफ अ शो गर्ल’, पौल थोमस एन्डर्सनको ‘वान ब्याटल आफ्टर एनदर’ र ‘अवतार २’को पुनः प्रदर्शन हलमा छन् । यी फिल्मको चुनौतीको बाबजुद ऋषभ सेट्ठी स्टाररले हलमा उत्कृष्ट कमाइ गरेको हो ।

फिल्मले भारतमा दुसेरा (दशैं)को दिनमा ६१.८५ करोडको ओपनिङ गरेको थियो । शुक्रबार ४६ करोड भारु, शनिबार ५५ करोड भारु र आइतबार ६१.५ करोड भारुसहितसहित सप्ताहन्तमा ३३४.३५ करोड भारुको कमाइ भएको जनाइएको छ ।

चौैंथो दिनमा यसले राम चरण स्टारर ‘गेम चेन्जर’को लाइफटाइम कलेक्सनलाई उछिनेको छ । कूल १७६ करोड भारु कमाएको सलमान खानको ‘सिकन्दर’लाई यसले उछिनेको छ ।

‘कान्तारा च्याप्टर १’ सन् २०२५ मा एकैदिन सर्वाधिक तेस्रो धेरै कमाउने फिल्म बनेको छ । रजनीकान्तको ‘कुली’ले ६५ करोड भारु र पवन कल्याणको ‘दे कल हिम ओजी’ले ६३.७५ करोड भारु कमाएका थिए ।

यति मात्र होइन, यसवर्ष धेरै कमाउने शीर्ष १० को सूचीमा यो फिल्म समावेश भएको छ ।

ऋषभ शेट्टीद्वारा लिखित र निर्देशित, ‘कान्तारा अध्याय १’ मा रुक्मिणी वसन्त, गुलशन देवैया र जयरामले मुख्य भूमिकामा अभिनय गरेका छन् । यो फिल्म सन् २०२२ को ब्लकबस्टर कान्ताराको प्रिक्वेल हो । यो फिल्मको कथावस्तु एक हजार वर्ष पहिले सेट गरिएको छ । निर्देशक सेट्ठीले फिल्मको तेस्रो श्रृंखला विकासक्रममा रहेको जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?