
News Summary
Generated by OK AI. Editorially reviewed.- शुक्रबार सुनको भाउ प्रतितोला ४ हजार २ सय रुपैयाँले घटेर २ लाख ३५ हजार रुपैयाँमा कारोबार भएको छ।
- नेपाल सुनचाँदी व्यवसायी महासंघले अघिल्लो दिन सुनको भाउ २ लाख ३९ हजार २ सय रुपैयाँ रहेको उल्लेख गरेको छ।
- अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेसँगै नेपाली बजारमा पनि मूल्य कम भएको हो भने चाँदीको भाउ प्रतितोला ६० रुपैयाँले बढेको छ।
२४ असोज, काठमाडौं । अघिल्लो दिन हालसम्मकै उच्च मूल्यमा पुगेको सुनको भाउ शुक्रबार घटेको छ ।
अघिल्लो दिनको तुलनामा आज प्रतितोला ४ हजार २ सय रुपैयाँ मूल्य घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको भाउ प्रतितोला २ लाख ३५ हजार रुपैयाँमा कारोबार भएको छ ।
अघिल्लो दिन २ लाख ३९ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेसँगै नेपाली बजारमा पनि घटेको हो । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ अघिल्लो दिन प्रतिऔंस ४ हजार ४० डलरसम्म पुगेकोमा आज ४ हजार मुनि झरेको छ ।
चाँदीको भाउ तोलामा ६० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ३ हजार २५ रुपैयाँमा कारोबार भएकोमा आज ३ हजार ८५ रुपैयाँ पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4