
News Summary
Generated by OK AI. Editorially reviewed.- हुम्लाको चंखेली गाउँपालिका–४ स्थित देशीखोलामा कर्णाली प्रदेश ०२–००१ च १०९१ नम्बरको डबल क्याब जिप दुर्घटना भएको छ।
- जिपमा सवार ९ मध्ये बसन्ती रोकाया र अर्का एकजना युवक अचेत छन् र घाइतेहरुलाई नजिकको स्वास्थ्य चौकीमा पठाइएको छ।
- जिल्ला प्रहरी कार्यालय हुम्लाका इन्सपेक्टर जंगराज सिंहले दुर्घटनाको विस्तृत विवरण आउन बाँकी रहेको उल्लेख गरे ।
२४ असोज, सिमकोट। हुम्लाको चंखेली गाउँपालिका–४ स्थित देशीखोलामा जिप दुर्घटना भएको छ । हुम्लाको मेल्छामबाट सुर्खेततर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ च १०९१ नम्बरको डबल क्याब जिप आज बिहान करिब ११ बजे दुर्घटना भएको हो ।
चंखेलीका बहादुर लामाले चलाएको सो जिप सडकबाट अन्दाजी तीन सय मिटर तल खसेको छ ।
जिल्ला प्रहरी कार्यालय हुम्लाका इन्सपेक्टर एवम् सूचना अधिकारी जंगराज सिंहका अनुसार घाइतेहरुलाई उपचारका लागि नजिकको स्वास्थ्य चौकीमा पठाइएको छ ।
घाइतेहरुमध्ये सिमकोट गाउँपालिका–८ कि बसन्ती रोकाया र अर्का एकजना युवक अचेत छन् । अन्य पाँच जनाको अवस्था मध्यम र दुई जनाको अवस्था सामान्य छ ।
दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4