+
+
Shares

कामना सेवा विकास बैंकको १५ प्रतिशत लाभांश प्रस्ताव पारित

साधारणसभाले १० प्रतिशत बोनस सेयर तथा ५.७८९५ प्रतिशत नगद लाभांश (करसमेत) गरी कुल १५.७८९५ प्रतिशत लाभांश पारित गरेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २४ गते १८:२२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कामना सेवा विकास बैंक लिमिटेडको १९औं वार्षिक साधारणसभाले सेयरधनीलाई १५ प्रतिशत बराबर लाभांश दिने प्रस्ताव पारित गरेको छ।
  • साधारणसभाले १० प्रतिशत बोनस सेयर र ५.७८९५ प्रतिशत नगद लाभांश गरी कुल १५.७८९५ प्रतिशत लाभांश पारित गरेको हो।
  • सभाले आगामी चार वर्षका लागि संस्थापक र सर्वसाधारण समूहका सदस्यहरूलाई निर्विरोध निर्वाचित गरेको छ।

२४ असोज, काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडको १९औं वार्षिक साधारणसभाले सेयरधनीलाई १५ प्रतिशत बराबर लाभांश दिने प्रस्ताव पारित गरेको छ ।

बैंक सञ्चालक समितिका अध्यक्ष सुदीप आचार्यको अध्यक्षतामा बसेको साधारणसभाले उक्त दरको लाभांश पारित गरेको हो । साधारणसभाले १० प्रतिशत बोनस सेयर तथा ५.७८९५ प्रतिशत नगद लाभांश (करसमेत) गरी कुल १५.७८९५ प्रतिशत लाभांश पारित गरेको हो ।

साधारणसभाबाट लेखा परीक्षकको प्रतिवेदन सहित आथिैक वर्ष २०८१/८२ को वार्षिक वित्तीय विवरण, वासलात, नाफा नोक्सान हिसाब र सोही आवको नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँट हिसाब लगायत वित्तीय विवरणसँग सम्बन्धित अनुसूची सर्वसम्मतिले पारित गरेको छ ।

त्यसैगरी सभाबाट आगामी चार वर्षका लागि संस्थापक समूह अन्तर्गत सुदीप आचार्य, भीमप्रसाद तुलाचन, चतुराखर अधिकारी र सर्वसाधारण समूह अन्तर्गत बलराम बराल, विश्वेश्वर सुवेदी र डा. पवनकुमार शर्मा निर्विरोध निर्वाचित भएका छन् ।

साधारण सभाले चालु आव २०८२/८३ को लेखा परीक्षक नियुक्ति गर्न बैंकको लेखा परीक्षण समितिले सिफारिस गरे बमोजिम लेखा परीक्षक एनबीएसएम एन्ड एसोसिएट्सलाई नियुक्ति गर्ने प्रस्ताव पारित गरेको छ ।

लेखक
अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?