+
+
Shares

मोटर चलाएर नुहाउने क्रममा करेन्ट लागेर युवतीको मृत्यु

कृष्णपुर नगरपालिका–७ कलुवापुरकी १६ वर्षीया युवतीको करेन्ट लागेर शुक्रबार मृत्यु भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २४ गते १८:११

२४ असोज, कञ्चनपुर । कृष्णपुर नगरपालिका–७ कलुवापुरकी १६ वर्षीया युवतीको करेन्ट लागेर शुक्रबार मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार आफ्नै घरको विद्युतीय मोटरबाट नुहाउने क्रममा करेन्ट लाग्दा प्रतिमा रावलको मृत्यु भएको हो ।

करेन्ट लागेको थाहा पाएपछि तत्कालै उद्धार गरी उपचारका लागि आफन्त र प्रहरीको सहयोगमा सेती प्रादेशिक अस्पताल धनगढीमा भर्ना गरिए पनि उपचारकै क्रममा मृत्यु भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?