+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

कांग्रेसमा विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गर्ने संख्या कति पुग्यो ?

केन्द्रीय समिति बैठकअघि बुझाइने

केन्द्रीय सदस्य मधु आचार्यका अनुसार ५० प्रतिशत बढी महाधिवेशन प्रतिनिधिको हस्ताक्षर भइसकेको  छ ।

लिलु डुम्रे लिलु डुम्रे
२०८२ असोज २४ गते २१:५५
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा विशेष महाधिवेशनका लागि ५० प्रतिशतभन्दा बढी प्रतिनिधिले हस्ताक्षर गरेको दाबी गरिएको छ।
  • केन्द्रीय सदस्य मधु आचार्यले २६ असोजको केन्द्रीय समिति बैठक अघि हस्ताक्षरलाई अन्तिम रूप दिने तयारी भइरहेको जानकारी गराए।
  • सभापति देउवाको नेतृत्व परिवर्तनको विपक्षमा रहेका नेता कृष्णप्रसाद सिटौलाले दुई महामन्त्रीको कार्यले पार्टी विभाजन हुने चेतावनी दिए।

२४ असोज, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अग्रसरतामा विशेष महाधिवेशनका लागि भएको हस्ताक्षर संकलनमा ५० प्रतिशत बढी प्रतिनिधिले हस्ताक्षर गरेको दाबी गरिएको छ ।

२६ असोजको केन्द्रीय समिति बैठक अघि हस्ताक्षरलाई अन्तिम रूप दिने गरी विशेष महाधिवशेन पक्षधरका नेताहरू लागिरहेका छन् ।

केन्द्रीय सदस्य मधु आचार्यका अनुसार ५० प्रतिशत बढी महाधिवेशन प्रतिनिधिको हस्ताक्षर भइसकेको  छ ।

विशेष महाधिवशेनका लागि संकलन गरिएका हस्ताक्षरलाई एकीकृत गरेर केन्द्रीय समिति बैठक अघि पेस गरिने आचार्यले जानकारी गराए ।

कांग्रेसको विधान अनुसार केन्द्रीय समितिले आवश्यक ठानेमा वा महाधिवेशन प्रतिनिनिधिहरूबाट ४० प्रतिशतले हस्ताक्षर सहित माग गरेमा विशेष महाधिवशेन बोलाउनुपर्ने व्यवस्था छ ।

विशेष महाधिवशेनका लागि अघिल्लो महाधिवेशनकै प्रतिनिधिको आधार नयाँ नेतृत्व चयन गर्नुपर्ने हुन्छ ।

कांग्रेसको १४ औं महाधिवेशनका ४ हजार ७४३ जना महाधिवेशन प्रतिनिधि थिए । विशेष महाधिवेशनमा सभापति बाहेकका पदमा भने निर्वाचन हुँदैन ।

विशेष महाधिवशेनका लागि अघिल्लो महाधिवेशनकै प्रतिनिधिको आधार नयाँ नेतृत्व चयन गर्नुपर्ने हुन्छ ।

कांग्रेसको विधान अनुसार एक प्रतिनिधिसभा क्षेत्र बराबर २५ जना महाधिवशेन प्रतिनिधि हुने व्यवस्था छ ।

महामन्त्रीद्वय थापा र शर्मा सहित उनीहरू पक्षीय नेताहरू केही दिनदेखि हस्ताक्षर संकलनलाई तीव्रता दिने कार्यमा लागेका थिए/छन् ।

झापाका एक जिल्ला तहका नेताको अनुसार ६० प्रतिशतभन्दा बढीले विशेष महाधिवशेनको पक्षमा हस्ताक्षर गरेका छन् ।

उनले भने, ‘विशेष महाधिवशेनको विरुद्ध बोल्ने नेता कृष्ण सिटौलाको जिल्लामा ६० प्रतिशत बढीले हस्ताक्षर गर्नुले विशेष अर्थ राख्छ ।’

तीन क्षेत्र रहेको चितवनमा ९२ प्रतिशतभन्दा बढीले हस्ताक्षर गरेको विशेष महाधिवशेन पक्षधरको दाबी छ ।

सानेपामा बसेको केन्द्रीय समिति बैठक ।

गोरखामा ५१ जना महाधिवशेन प्रतिनिधिमा ४२ जनाले हस्ताक्षर गरेको जानकारी गराइएको छ ।

लुम्बिनीका जिल्ला मध्ये गुल्मीमा ८५, कपिलवस्तुमा ८०, नवलपरासीमा ६६, रुपन्देहीमा ६०, पाल्पामा ९० प्रतिशत प्रतिनिधि विशेष महाधिवशेनको पक्षमा खुलेका छन् ।

लुम्बिनीका सभापति अमरसिंह पुनका अनुसार समग्रमा ७० प्रतिशत महाधिवशेन प्रतिनिधिले हस्ताक्षर गर्ने दाबी गरे ।

‘हस्ताक्षर संकलन जारी छ । भोलिसम्म कति संख्या हुने टुंगो लाग्छ । ७० प्रतिशत पुग्ने देखिन्छ,’ पुनले अनलाइनखबरसँग भने ।

लुम्बिनीमा बाँके र बर्दियामा अन्यको तुलनामा कम रहेको जानकारी गराइएको छ ।

सुनसरीमा ७५, सर्लाहीमा ७०, सप्तरी र बारामा ६८, काठमाडौंमा ६०, प्रतिशत हस्ताक्षर भएको जानकारी गराइएको छ ।

विशेष महाधिवेशनको पक्षमा नेता डा. शेखर कोइराला पक्षका केही नेता खुले पनि उनी भने मौन छन् ।

धेरै निर्वाचन क्षेत्र भएका अन्य जिल्लाहरूमा संकलन कार्य जारी रहेको केन्द्रीय सदस्य आचार्यले जानकारी गराए ।

गण्डकीमा मनाङ र मुस्ताङमा अन्य जिल्लाको तुलनामा कम प्रतिशतले हस्ताक्षर गरेका छन् ।

विशेष महाधिवेशनको पक्षमा नेता डा. शेखर कोइराला पक्षका केही नेता खुले पनि उनी भने मौन छन् ।

बिहीबार शीर्ष नेताको बैठकमा नेता कोइरालाले नियमित महाधिवशेन बाहेक अन्य विकल्प नरहेको धारणा राखेका थिए ।

संस्थापनइतरका नेता शेखर मौन रहँदा उनी पक्षीय नेता कार्यकर्ताले हस्ताक्षर गर्न आनाकानी गरेको अभियानका एक अगुवाले जानकारी गराए ।

उनी भन्छन्, ‘शेखर दाइ विशेष महाधिवशेनका लागि हस्ताक्षर गराउने पक्षमा खुल्नुभएको छैन । उहाँ मौन बस्दा त्यो समूहका नेता कार्यकर्ता हस्ताक्षर गर्न हिच्किचाइरहेका छन् ।’

शेखर निकट नेता गुरुराज घिमिरे भने विशेष महाधिवेशनका लागि खुलेर लागिरहेका छन् ।

नियमित महाधिवशेन मंसिरभित्र हुने सम्भावना नरहेको उल्लेख गर्दै विशेष महाधिवशेनको विकल्प नरहेको उनी बताउँछन् ।

घिमिरे भन्छन्, ‘सके नियमित महाधिवेशन र त्यो हुन नसके विशेष महाधिवशेमा शेखर दाइ र गगनजीको स्पिरिट मिलेको छ । बाहिर स्वार्थ समूहका हल्लाको के अर्थ रह्यो र ?’

देउवा नेतृत्वको समितिको अवधि मंसिरमा सकिने र त्यस उता अवधि थप्न नहुने घिमिरे जिकिर गर्छन् ।

मंसिरभित्र नियमित महाधिवशेन हुन नसके एउटा मात्रै विकल्प विशेष महाधिवेशन भएको उनी बताउँछन् ।

महामन्त्री थापा र शर्माले नियमित महाधिवशेन हुन नसके विशेष महाधिवेशन गरेर नेतृत्व परिवर्तन गर्ने गरी तयारी गरिरहेका छन् ।

महामन्त्री थापाले शीर्ष नेताको बैठकमा वर्तमान समिति अवधि थप्न नहुने विचार राखेका छन् ।

साथै, आइतबारदेखि सुरु हुने केन्द्रीय समिति बैठकमा वर्तमान समितिको अवधि थप्ने गरी प्रस्ताव पेस नगर्ने बताइसकेका छन् ।

देउवा नेतृत्वको समितिको नियमित कार्यकाल यही मंसिरमा सकिँदैछ । चार वर्षे अवधिलाई बढाउने पक्षमा उनी देखिँदैनन् ।

महामन्त्री थापा र शर्माले नियमित महाधिवशेन हुन नसके विशेष महाधिवेशन गरेर नेतृत्व परिवर्तन गर्ने गरी तयारी गरिरहेका छन् ।

विशेष महाधिवेशनका महामन्त्री थापा र शर्मा निकटका नेता कार्यकर्ता जुटिरहँदा अर्को पक्षका नेताहरूले यो कार्यले पार्टीमा विभाजन ल्याउने भन्दै रुष्ट बनेका छन् ।

दुई महामन्त्री निकटका नेताहरूका अनुसार हस्ताक्षर अभियानले संस्थापन पक्ष समेत नियमित महाधिवशेनको पक्षमा देखिने वातावरण बन्दै गएको बताएका छन् ।

नियमित महाधिवशेनका लागि हस्ताक्षरले आधार तयार गरेको दुई महामन्त्री पक्षका नेताहरूको दाबी छ ।

सभापति शेरबहादुर देउवाको नेतृत्व परिवर्तनको विपक्षमा रहेका नेता कृष्णप्रसाद सिटौलाले दुई महामन्त्रीको कार्यले पार्टी विभाजन हुने चेतावनी दिएका छन् ।

बिहीबार आफ्नो निवासमा भेला भएका नेता कार्यकर्तासँग कुरा गर्दै सिटौलाले दुई महामन्त्रीको कार्यले पार्टी विभाजन हुने जोखिम रहेको बताएका हुन् ।

यता, विशेष महाधिवेशनको माग गर्ने नेताहरूले विधानको व्यवस्था अनुसार हस्ताक्षर भएको भन्दै प्रतिवाद गरेका छन् ।

महामन्त्री निकट एक नेताले भने, ‘विशेष महाधिवशेनले पार्टी विभाजित हुन्छ भन्ने जानेको भए किन विधानमा उक्त व्यवस्था राखेको ?’ बुधबार शीर्ष नेताको बैठकमा बोल्ने क्रममा नेता अर्जुननरसिंह केसीले विधानको व्यवस्था अनुसार विशेष महाधिवशेन माग हुँदा पार्टी विभाजित नहुने बताएका थिए ।

लेखक
लिलु डुम्रे

लिलु डुम्रे अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?