
News Summary
Generated by OK AI. Editorially reviewed.- बलिउड अभिनेता ऋतिक रोशनले ‘क्रिस ४’ निर्देशन गर्ने र ओटीटीमा निर्माता रूपमा डेब्यू गर्ने तयारीमा छन्।
- प्राइम भिडियोले ऋतिकको कम्पनी एचआरएक्स फिल्म्ससँग सहकार्यमा नयाँ ड्रामा श्रृंखला ‘स्टर्म’ घोषणा गरेको छ।
- ‘स्टर्म’ श्रृंखला मुम्बई पृष्ठभूमिमा आधारित थ्रिलर ड्रामा हुनेछ र यसको निर्माण चाँडै सुरु हुने छ।
मुम्बई । बलिउड अभिनेता ऋतिक रोशनका फ्यानलाई खुसीको खबर छ । उनी ‘क्रिस ४’ निर्देशन गर्ने तयारीमा छन् भने, चाँडै नै ओटीटीमा पनि डेब्यू गर्ने तयारीमा छन् ।
यद्यपि, यसपटक भने उनी अभिनेताको भूमिकामा देखिनेछैनन् । ओटीटी प्लेटफर्म प्राइम भिडियोले नयाँ मौलिक ड्रामा श्रृंखला ‘स्टर्म’ को घोषणा गरेको छ । ऋतिक र उनको कम्पनी एचआरएक्स फिल्म्स (फिल्मक्राफ्ट प्रोडक्सनको अंश) ले यस परियोजनाको लागि सहकार्य गरेका छन् ।
यद्यपि यो श्रृंखलाको शीर्षकले अझै अन्तिमरुप पाइसकेको छैन । तर यसलाई अस्थायी रूपमा ‘स्टर्म’ शीर्षक दिइएको छ । यो श्रृंखलालाई अजितपाल सिंहले सिर्जना र निर्देशन गरेका हुन् ।
कथा अजितपाल सिंह सिंहले फ्रान्कोइस लुनेल र स्वाती दाससँग मिलेर लेखेका हुन् भने ऋतिक र इशान रोशनले यो श्रृंखला निर्माण गरिरहेका छन् ।
‘स्टर्म’ मा पार्वती तिरुवोथु, अलाया एफ, सृष्टि श्रीवास्तव, रमा शर्मा र सबा आजाद जस्ता प्रभावशाली कलाकारको समूह छ । श्रृंखलाको निर्माण चाँडै सुरु हुने तय भएको छ ।
यसलाई एक रोमाञ्चक थ्रिलर ड्रामाको रूपमा वर्णन गरिएको छ, जसको कथा मुम्बईको पृष्ठभूमिमा आधारित छ ।
निर्माताको रूपमा आफ्नो ओटीटी इनिङ्सको बारेमा कुरा गर्दै ऋतिक रोशनले भने, ‘स्टर्मले मलाई ओटीटी संसारमा निर्माताको रूपमा डेब्यू गर्ने ठूलो अवसर दियो । अजितपालले सिर्जना गरेको रोचक र यथार्थपरक संसारले मलाई यस श्रृंखलामा आकर्षित गर्यो । कथा गहिरो, शक्तिशाली र अविस्मरणीय पात्रहरूले भरिएको छ । म यसको लागि धेरै उत्साहित छु ।’
प्राइम भिडियोका उपाध्यक्ष गौरव गान्धीले भने, ‘प्राइम भिडियोमा, हाम्रो लक्ष्य सधैं प्रतिभाशाली कलाकार र रचनात्मकतालाई अवसर प्रदान गर्नु रहेको छ । चाहे क्यामेराको अगाडि होस् वा पछाडि, हामी विश्वभरका मानिससँग प्रतिध्वनित हुने कथाहरू ल्याउन चाहन्छौं ।’
उनले अघि भने, ‘ ऋतिक रोशन भारतीय सिनेमाका सबैभन्दा प्रतिभाशाली स्टारहरू मध्ये एक हुन् । उनी र एचआरएक्स फिल्म्ससँग काम गर्नु हाम्रो लागि धेरै विशेष छ’ उनले थपे, ’स्टर्म केवल एउटा शृङ्खला मात्र होइन, तर एउटा नयाँ र रोमाञ्चक यात्राको सुरुवात हो जसले अझ धेरै उत्कृष्ट प्रोजेक्टतर्फ डोर्याउनेछ ।’
प्रतिक्रिया 4