
२५ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा ‘प्रभाकर’ ले देशमा शान्ति र वैधानिक स्थापनाका लागि योगदान गर्न आग्रह गरेका छन् ।
सामाजिक सञ्जालमार्फत शर्माले यतिबेला मुठभेड गर्ने समय नभएको पनि बताएका छन् ।
‘राष्ट्रभन्दा ठूलो केही छैन । यतिबेला मुठभेड हुने र गर्नेतिर हैन, शान्ति र वैधानिकताका लागि योगदान गरौं,’ शर्माले भनेका छन् ।
उनले राष्ट्रको रक्षा र जनभावनाको सम्बोधनका लागि जे त्याग गर्नपनि आफूलाई तयार पानुपर्ने बताएका छन् ।
‘के के छोड्दा राष्ट्रको रक्षा हुन्छ र जनभावना सम्बोधन हुन्छ, त्याग गर्न लागि आफैंलाई तयार पारौं,’ शर्माले भनेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4