
२६ असोज, काठमाडौं । बेलायतमा सञ्चालित ‘एक्सरसाइज क्यामब्रेन पेट्रोल २०२५’ मा नेपाली सेना सर्वोत्कृष्ट भएको छ ।
२३ असोजदेखि २५ असोजसम्म बेलायतको वेल्स ब्रेकनमा सञ्चालन भएको उक्त पेट्रोलमा सर्वोत्कृष्ट अंकसहित नेपाली सेनाले स्वर्ण पदक प्राप्त गरेको हो ।
उक्त अभ्यासमा बेलायतसहित ३३ राष्ट्रका ११७ टोली सहभागी थिए । सन् १९६० देखि वार्षिक रूपमा सञ्चालन हुँदै आएको अन्तर्राष्ट्रिय स्तरको यो प्रतियोगितामा सन् २०१४ देखि नेपाली सेनाले भाग लिँदै आएको छ ।
दुई दिनभित्र हतियार र करिब ५० पाउन्ड बराबरको उपकरण तथा बन्दोबस्तीका समानसहित ५० किलोमिटर दूरी पार गर्नेपर्ने यो अभ्यासमा सहभागी हुने टोलीको विभिन्न तयारी, खबर संकलन, घाइते बिरामीको व्यवस्थापन लगायतका दक्षताहरू परीक्षण गरिन्छ ।
यसअघि नेपाली सेनाले सन् २०१७, २०१९ र २०२४ मा पनि स्वर्ण पदक प्राप्त गरेको थियो ।
प्रतिक्रिया 4