+
+
Shares

मधेशका मुख्यमन्त्री सिंहले २८ असोजमा विश्वासको मत लिने

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २६ गते १८:०७

२६ असोज, जनकपुरधमम । मधेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आगामी २८ असोजमा विश्वासको मत लिने भएका छन् । मधेश प्रदेश सभाले आगामी २८ असोज दिउँसो १ बजेका लागि प्रदेश सभा बैठक बोलाएको हो ।

विश्वासको मत लिने प्रयोजनका लागि मधेश प्रदेश सभा बैठक डाकिएको प्रदेश सभाका सचिव वासुप्रसाद कोइरालाले जानकारी दिए ।

गत शुक्रबार मुख्यमन्त्री सिंहले मधेश प्रदेश सभालाई एक पत्र लेख्दै विश्वासको मत लिनका लागि वातावरण मिलाइदिन पत्र पठाएका थिए ।

गत २३ र २४ भदौको जेनजी आन्दोलन चर्किएको समयमा सिंहले मुख्यमन्त्री पदबाट राजीनामा घोषणा गरेका थिए । तर अन्तरिम सरकार गठनपछि सतिशकुमार सिंहले एकाएक कुरा फेरेका थिए ।

उनले त्यसदिन विषम परिस्थितिमा कसैको जनधनको क्षति नहोस् भनेर फेसबुकमा राजीनामा लेखेको बताउँदै आएका छन् ।

बोली फेरेपछि आफ्नै दल जनमतले गत ३१ भदौमा मधेश प्रदेश सभामा सभामुखलाई सम्बोधन गरेर मुख्यमन्त्री तथा मन्त्रीसहित सरकारबाट समर्थन फिर्ता लिएको पत्र बुझाएको थियो । सो मितिबाट ३० दिनभित्र मधेशका मुख्यमन्त्री सिंहले विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेको छ ।

यता मधेशमा नयाँ सरकार गठनका लागि नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णप्रसाद यादवको नेतृत्वमा नेकपा एमाले र जनमतले गत बुधबार ५८ प्रदेश सभा सदस्यहरूको हस्ताक्षर सहितको पत्र प्रदेश प्रमुख कार्यालयमा बुझाइसकेका छन् ।

हेर्नुहोस् सूचना :

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?