+
+
Shares

६ घण्टादेखि गुण्डुमा एमाले सचिवालय बैठक

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २६ गते १८:४०

२६ असोज, काठमाडौं । ६ घण्टादेखि नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक जारी छ ।

भक्तपुरस्थित गुण्डुमा बिहान साढे १२ बजेबाट जारी बैठक अहिले पनि जारी छ ।

हिजोका लागि तोकिएको बैठक रुघाखोकीका कारण पार्टी अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएपछि स्थगित भएको थियो ।

केन्द्रीय कमिटीको एजेन्डा तय गर्न ओली निवास गुण्डुमा शुक्रबारदेखि सचिवालय बैठक चलिरहेको हो ।

बैठकको पहिलो दिन ९ जना पदाधिकारीले आफ्नो धारणा राखेका थिए । त्यसमध्ये ६ जनाले ओलीलाई नेतृत्व छोड्न आग्रह गरेका छन् ।

आजको बैठकमा शुक्रबार बोल्न बाँकी रहेका पदाधिकारीहरूले आ–आफ्नो धारणा राख्ने छन् ।

आजको बैठकमा उपमहासचिव पृथ्वीसुब्बा गुरूङ, विष्णु रिमाल, सचिवहरू योगेश भट्टराई, गोकर्ण विष्ट, छविलाल विश्वकर्मा, रघुवीर महासेठ, पद्मा अर्याल, लेखराज भट्टले धारणा राख्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?