+

टी-२० विश्वकप छनोट : सुपर सिक्समा नेपालले कतारसँग खेल्दै

२०८२ असोज  २७ गते ८:०१ २०८२ असोज २७ गते ८:०१
टी-२० विश्वकप छनोट : सुपर सिक्समा नेपालले कतारसँग खेल्दै

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालले आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटअन्तर्गत दोस्रो खेलमा कतारसँग प्रतिस्पर्धा गर्दैछ।
  • नेपालले सुपर सिक्समा यूएईलाई १ रनले हराउँदै अपराजित यात्रा जारी राखेको छ।
  • कतारले पहिलो खेलमा ओमानसँग हार बेहोरेको र सुपर सिक्समा अंकविहीन अवस्थामा रहेको छ।

२७ असोज, काठमाडौं । ओमानमा जारी आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले कतारसँग खेल्दै छ ।

खेल अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ १ मा बेलुका ८:४५ बजेदेखि सुरु हुनेछ ।

नेपालले सुपर सिक्समा आइतबार यूएईलाई हराइसकेको छ । नेपालले १ रनको रोमाञ्चक जित निकालेको थियो । नेपाल अपराजित यात्रा कायमै राख्ने सोचमा हुनेछ ।

यता कतारले भने पहिलो खेलमा ओमानसँग हार बेहोरेको थियो । सुपर सिक्समा अंकविहीन अवस्थामा सुरु गरेको कतारलाई जितको आवश्यकता हुनेछ ।

नेपालले छनोट सुरु हुनुअघिको वार्म अप खेलमा पनि कतारसँग खेलेको थियो जहाँ १६ रनले विजयी भएको थियो ।

टी-२०आई क्रिकेटमा यी दुई टोली हालसम्म ३ पटक भिडेका छन् । जहाँ नेपालले २ खेल जित्दा कतारले १ खेल जितेको छ ।

नेपालले यसपछि बुधबार सामोआ र शुक्रबार ओमानसँग खेल्नेछ ।

नेपाली क्रिकेट टोली
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय